
जापानामा मनाईयो रास्वपाको स्थापना दिवस
जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसको अवसरमा जापानमा पनि विभिन्न कार्यक्रम गरिएको छ ।
प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिले भौतिक उपस्थिति अनि भर्चुअल माध्यमबाट बिहीबार एक कार्यक्रम सम्पन्न गरेको छ । समितिका सभापति प्रेमप्रसाद कँडेलको अध्यक्षता र रास्वपा केन्द्रीय सदस्य तथा प्रवास विभाग उप-प्रमुख केशव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा शुभकामना आदान-प्रदानसहित विगतमा गरिएका गतिविधिको समीक्षा र आगामी दिनमा गर्नुपर्ने जनपक्षीय कार्यक्रम र योजनाहरूको बारेमा अन्तरक्रिया गरिएको जापान कान्तो क्षेत्रीय समितिका महामन्त्री कमल बजगाइँले जानकारी दिए ।
सो अवसरमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति दिलेन्द्रप्रसाद जोशी र महामन्त्री खेमराज पौडेलले रास्वपाले गरेका विविध कार्यक्रमहरू, यसले जापानमा रहेका प्रवासीहरूमा प...