अन्टार्कटिकको गहिराइमा हिउ पग्लिने क्रमको अध्ययन गर्न रोबोट बनाउदै नासा
एजेन्सी । नासाका इन्जिनियरहरूले अन्टार्कटिकको बरफको गहिराइमा गएर त्यहाँबाट डाटा पठाउने रोबोटको निर्माण गरिरहेका छन् ।
नासा अन्तरिक्ष यान इन्जिनियरहरूले अब विशाल अन्टार्कटिक बरफको तल्लो तहमा हिउ पग्लने दर मापन गर्न पानीमुनि रोबोटिक प्रोबहरूको फ्लीट डिजाइन गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यसको उद्देश्य जलवायु परिवर्तनका कारण कति छिटो हिउँ पग्लिरहेको छ र यसले समुन्द्री सतहमा कस्तो प्रभाव पार्छ भन्ने जानकारी हासिल गर्नु रहेको बताइएको छ ।
लस एन्जलस नजिकै नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) द्वारा यी पानीमुनि गाडीहरूको प्रोटोटाइप विकास भइरहेको छ । यो वर्ष मार्चमा अलास्काको उत्तरमा बरफले ढाकिएको ब्युफोर्ट सागर मुनि अमेरिकी नौसेना प्रयोगशालामा परीक्षण गरिएको थियो ।
'यी रोबोटहरू पृथ्वीमा सबैभन्दा कठिन ठाउँहरूमा विज्ञान उपकरणहरू पुर्याउने प्लेटफर्म हुन्,' जेपीएल रोबोटिक्स ...