मनोरञ्जन

नेपाली वृतचित्र ‘को–हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख पुरस्कार

नेपाली वृतचित्र ‘को–हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख पुरस्कार

मनोरञ्जन
काठमाडौँ । नेपालको बहुपति प्रथाको बारेमा निर्माण भएको वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गर्न सफल भएको छ । गणेश पाण्डे निर्देशित वृत्तचित्रले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबल एकलाख अमेरिकी डलर (नेपालीमा एक करोड तीस लाख नेपाली रुपैयाँ बराबर)को पुरस्कार हात पारेको हो । मेहोदो महोत्सवमा १२२ देशका ३५ सय ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए । अन्तिम प्रतिस्पर्धामा को–हजबेण्डले यो पुरस्कार जितेको हो । अप्रिल १९ बाट सुरु भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को–हजबेण्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । ‘यो अवार्डलाई मैले मेरो करिअरको अहिलेसम्मकै ठूलो उपलब्धि ठानेको छु । नेपाली वृत्तचित्रले एक लाख डलरको कोष जित्नु आफैमा गर्वको कुरा हो ।...