
आजको राशिफल : २०८० श्रावण २४ गते बुधवार
२०८० साउन २४ गते, बुधवार, ९ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष अष्टमी तिथि, ८ः२८ बजेपछि नवमी। भरणी नक्षत्र, ६ः५५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १२ः५४ बजेपछि वृष ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम थालनी गर्न बिहानीको समय उपयुक्त रहनेछ। आफन्त र साथीभाइको साथ पाइनाले सोचेको लाभ उठ्नेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ। विवादास्पद कामको जिम्मेवारी आउनेछ भने खर्च पनि बढ्ने सम्भावना छ । अवसरवादीहरूले दुःख दिन सक्छन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ...