विशेष

एक विद्यालय एक रोजगार अभियानमा चितवनको सेन्ट्रल कलेज

एक विद्यालय एक रोजगार अभियानमा चितवनको सेन्ट्रल कलेज

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, विशेष, समाचार
चनौली । चितवनको सेन्ट्रल कलेजले अब एक विद्यालय एक रोजगार अभियान सञ्चालन गर्ने भएको छ । पहिलो चरणमा पश्चिम चितवनका विद्यालयबाट यो अभियान सञ्चालन गर्ने चनौलीमा आयोजित एक कार्यक्रमको बिचमा सेन्ट्रल कलेजका  प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिनुभयो । अहिले १२ कक्षाको परिक्षा दिएर बस्नुभएका विद्यार्थीहरुलाइ लक्षित गर्दै सेन्ट्रल कलेजले यो कार्यक्रम सञ्चालन गरेको प्रिन्सिपल पौडेलले बताउनुभयो । देशमा बढ्दो बेरोजगार र १२ दिएका विद्यार्थी कामका लागी विभिन्न जब लिंकमा धाउदा ठगी भइरहेको विभिन्न घटना सञ्चार माध्यममा आएकाले यस किसिमको अभियान सञ्चालन गरिएको पौडेलको भनाइ छ । पश्चिम चितवनका विद्यालयबाट आवेदन दिएर रोजगारीको अन्तर्वार्तामा नाम निकाल्न सफल विद्यार्थीहरुलाइ एक महिनाको तालीम र तालिमबाट उत्कृष्ट एक विद्यार्थीलाइ आफ्नो पाएकको काउन्टरमा तथा एक विद्यार्थीलाई मुख्य कार्यालयमा समेत रो...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रमुख समाचार, विशेष, समाचार
काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् । मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ । ट्रङ्क रुटको उडान सामान्य भइरहेको विमानस्थलका प्रवक्ता सिटौलाले बताउनुभयो । “काठमाडौँ...
विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

विज्ञापनमा अनुमति लिन काठमाडौँ महानगरपालिकाको निर्देशन

प्रमुख समाचार, विशेष, समाचार
काठमाडौँ  ।  काठमाडौँ महानगरपालिकाले विज्ञापन दातालाई बाह्य विज्ञापन गर्न अनुमति लिन तथा नवीकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गरी महानगरपालिका क्षेत्रभित्र काठमाडौँ महानगरपालिका विज्ञापन कर निर्देशिका, २०६४ र काठमाडौँ महानगरपालिका विज्ञापन बोर्ड तथा प्रचार सामग्री नियमन गर्ने नीति, २०७० मा भएको व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका विज्ञापन दातालाई १५ दिनभित्र उल्लेखित निर्देशिकाले तोकेको मापदण्ड र नीतिले तोकेको प्रक्रिया पूरा गरी सोसँग सम्बन्धित सम्पूर्ण कागजातसहित महानगरपालिका राजस्व विभाग वा सार्वजनिक निजी साझेदारी एकाइमा निवेदन गर्न अनुरोध गरेको हो । तोकिएको समयभित्र अनुमति नलिएका वा नवीकरण नगरेका विज्ञापन दाताको विज्ञापन बोर्ड महानगरपालिकाले हटाउने र हटाउँदा सामान नष्ट भएमा महानगरपालिका जवाफदेही नहुने जनाएको छ । त्यस्तै बोर्ड हटाउँदा लाग्ने खर्च सम्बन्धित ...
आठ वर्षमा दुई सय बीस गैँडा मरे

आठ वर्षमा दुई सय बीस गैँडा मरे

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, विशेष, समाचार
चितवन । बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैँडा मरेका छन् । यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उहाँले जानकारी दिनुभयो । तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५÷७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आवमा ४३ गैँडा मरेका थिए । सबैभन...
गुञ्जनगर माविमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

गुञ्जनगर माविमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, विशेष, समाचार
चितवन । सोच परिवर्तन नेपालले दोस्रो वार्षिकोत्सबको अवसरमा अन्तरविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । गुञ्जनगर मावि को प्राङ्गणमा भएको कार्यक्रममा नौ बिधालयहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा सेन्ट्रल कलेज भोकसेनल ट्रेनिङका प्राध्यापक योग्य विलास पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरुका क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताउनुभयो । जीवन उपयोगीता सीप तथा पाठक्रम भन्दा बाहिरी ज्ञानको बारेमा विद्यार्थीहरुलाइ जानकारी गराउने उद्वेश्यले यस कार्यक्रम सञ्चालन गरेको पौडेलले संस्थाप्रती आभार व्यक्त गर्नुभयो । संस्थाले  उपयोगी र सिर्जनशील कार्यक्रम सञ्चालन गरेमा सेन्ट्रल कलेजले सधै साथ र सहयोग गर्ने बताउनु भयो । बुधबार सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय पब्लिक स्कुल प्रथम हुन सफल भएको छ । गुञ्जनगर माविले दोस्रो स्थान हासिल गर्दा शशिनगर मावि भने तेस्रो...