चितवन वरिपरि

खाम पुर्पक्षका लागि कारागार चलान

खाम पुर्पक्षका लागि कारागार चलान

banner-2, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको  थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । व्यापारी श्रेष्ठको २०६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षकाे कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् । खामलाई गत मंगलबार प्रहरीले काठमाडौँको ...
कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार

कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार

Banner 1, चितवन बिशेष, चितवन वरिपरि, प्रमुख समाचार
भरतपुर । चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान गरिएको छ । रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा रहेको १९ दशमलव ८३ हेक्टर क्षेत्रफलमा कृष्णसार स्थानान्तरणका लागि बासस्थानको सुरक्षार्थ विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान गरिएको हो । विद्युतीय तारबार जडानसँगै यहाँ कृष्णसार स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले बताए । टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिक रूपमा अध्ययनपश्चात् आवश्यक तयारी गरिएको उनले जानकारी दिए । टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुई पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले बताए । कृष्णसारलाई चितवन ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको हो । नगर...
नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

नारायणगढ-मुग्लिन सडकखण्डमा थप तीन पुल

banner-2, चितवन वरिपरि, समाचार
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका थप तीन पुल यसै साता सञ्चालन आउने भएका छन् । जुगेडी, जुगेडी खहरे र सिमल ताल पुल सञ्चालन ल्याउन लागिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यले तीन नयाँ पुलको पहुँचमार्गमा कालोपत्रको अन्तिम तह बाँकी छ । उनले भने “आज र भोलि कालोपत्र सकिन्छ । पर्सीबाट पुल सञ्चालनको तयारी गरेका छौँ ।” हाल भित्तो काटेर झारिएको तुइन पुलको जग निर्माण भइरहेको छ । मुग्लिन नजिकको खरहे पुलको ८० प्रतिशत काम सम्पन्न भएको छ । यो पुलको पहुँच सडकमा ‘वाल’ उठाएर कालोपत्र र रङरोगको काम बाँकी छ । उनका अनुसार छ महिनाभित्रमा यी दुवै पुल सम्पन्न हुनेछन् । काली र नाम्ची दुई वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । यी पुलको पहुँचमार्गमा नाला, कालोपत्र र रङरोगनको काम मात्रै बाँकी रहेको आचार्यले जानकारी ...
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

Banner 1, चितवन वरिपरि, समाचार
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको आज बैठक बसेर बुधबारदेखि काम सुरु गरिने उनले बताए। निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उनको भनाइ छ। उनले भने, ‘अहिले हामीले सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्दैंछौँ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रति...
आन्तरिक राजस्व कार्यालय भरतपुरले उठायो लक्ष्यको ६७ प्रतिशत राजस्व

आन्तरिक राजस्व कार्यालय भरतपुरले उठायो लक्ष्यको ६७ प्रतिशत राजस्व

चितवन वरिपरि
चितवन,५ माघ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव दुई प्रतिशत राजस्व सङ्कलन गरेको छ । राजस्व विभागले छ महिनाका लागि रू १३ अर्ब छ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म रू आठ अर्ब ७८ करोड ९३ लाख ७६ हजार सङ्कलन भएको जनाएको छ । गत आवको यही अवधिमा रू आठ अर्ब ७८ करोड ५१ लाख ९३ हजारअर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सो वर्ष छ महिनाका लागि रू ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार छ महिनामा आयकरतर्फ रू एक अर्ब २० करोड ९२ लाख एक हजार, अन्तःशुल्कतर्फ रू छ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ । मूल्य अभिवृद्धि करतर्फ रू ८४ करोड सात लाख नौ हजार, ब्याज कर रू पाँच करोड ७८ लाख ९९ हजार, घरबाहल कर रू एक करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर रू ९३ लाख २५ हजार सङ्...
तोरी बालीमा झुसिल किराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

तोरी बालीमा झुसिल किराको प्रकोप देखिएपछि नवलपुरका किसान चिन्तित

कृषि, चितवन वरिपरि, समाचार
नवलपुर  । नवलपुरमा तोरी बालीमा झुसिल किराको प्रकोप देखिएको छ । बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीमा झुसिल किराको प्रकोप बढी देखिएको छ । पाक्न ठिक्क परेको तोरी बाली झुसिल किराले सखाप पारेपछि यहाँका किसान चिन्तित बनेका छन् । सर्दी क्षेत्रमा मात्रै करिब ५० बिगाहा क्षेत्रफलमा लगाएको तारी बाली झुसिल किराले सखाप पारेको स्थानीय अगुवा यादव पौडेलले जानकारी दिनुभयो । सर्दीका बालकृष्ण पौडेलको डेढ बिगाहा क्षेत्रफलमा लगाएको तोरी झुसिलकिराले सखाप पारेको गुनासो गर्नुभयो । ‘ाहामी किसानले केही गरेनी सुख नहुने भयो । यसपालि तोरी निकै राम्रो भएको थियो । तर कोसा जति सबै झुसिल किराले सखाप पारेर खाएको छ । यसपालि तोरी भित्राउन नपर्ला जस्तो छ ’ पौडेलले भन्नुभयो । अर्का किसान जयलाल खनालले पनि एक बिगाहा क्षेत्रफलमा लगाएको तोरी सबै झुसिल किराले खाएर सखाप पारेको गुनासो गर्नुभएको छ । एउटै बोटमा चारपाँच वटासम्म झुस...
पोखरामा पूर्वराजा वीरेन्द्रको जन्मजयन्ती मनाइयो

पोखरामा पूर्वराजा वीरेन्द्रको जन्मजयन्ती मनाइयो

चितवन वरिपरि, समाचार
पोखरा । पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको ७९ औं जन्मजयन्ती पोखरामा मनाइएको छ । पोखरा–१० वीरेन्द्र चोकमा गत ९ पुसमा पुनःस्थापित गरिएको राजा वीरेन्द्रको सालिकमा शनिबार माल्यार्पण र साँझ सोही स्थानमा दीप प्रज्जवलन गरेर उनको सम्झना गरिएको हो । सालिक निर्माण समिति अध्यक्ष मेजर गणेशबहादुर क्षेत्रीको अध्यक्षतामा, स्थानीय अगुवा मनवीर गुरूङको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा स्थानीय आमा समूह, टोल विकास संस्था, मन्दिर व्यवस्थापन समिति, ज्येष्ठ नागरिकलगायतको उपस्थिति थियो । जन्मजयन्तीको अवसरमा कार्यक्रम गरिए पनि शिलालेख स्थापना र रंगरोगनपछि सालिक अनावरण गर्ने तयारी भइरहेको पुनःनिर्माण समिति सचिव अरुण गिरीले जानकारी दिए । ०५८ सालमा राजा वीरेन्द्रको हत्यापछि २०५९ सालमा राप्रपा नेता क्षेत्रबहादुर केसीले चोकमा सालिक राखेका थिए । त्यसपछि हालको पोखरा १०, १५ र १४ को संगम रहेको चोकला...
लेखनाथ महोत्सवस्थलको गेट नजिकै बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु

लेखनाथ महोत्सवस्थलको गेट नजिकै बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु

चितवन वरिपरि, समाचार
पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । घटनामा परी दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्सवको गेट बाहिर फुटपाथमा व्यापार गर्न आएकी भारत घर भएकी इस्श्रावती कुमारी रहेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । बागलुङबाट पोखरा हुँदै भैरहवा तर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस बिहान ८ः५५ बजेको समयमा ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा फुटपाथमा गमला, बाटाको व्यापार गर्ने इस्श्रावती कुमारीसहित ३ जना घाइते भएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो । गम्भिर घाइते इस्श्रावतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारको लागि लगिएकोमा १०ः३८ बजे मृत घोषणा गरेको हो । दुर्घटनामा परी तनहुँ म्याग्दे ८ का ३६ वर्षीय रामजी गन्धर्भ र पर्सा जिला दिप १ की ४६ वर्षीया चिजमाय...
तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण सम्पन्न, ४ हजार घरधुरी लाभान्वित

तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण सम्पन्न, ४ हजार घरधुरी लाभान्वित

चितवन वरिपरि, समाचार
तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटरेबल पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुल्दीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो । ती पुल निर्माणपश्चात् चार हजार एक सय ४० घरधुरीका १६ हजार दुई सय १० जना प्रत्यक्ष लाभान्वित हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट १ हजार ५ सय घरधुरीका ५ हजार ९६६ जना मानिस लाभान्वित हुने थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उक्त पुलको मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक १ करोड ४१ लाख ५८ हजार ९९० रुपैयाँ रहेकामा निर्माण सम्पन्नपछि १ करोड ३२ लाख ३२ हजार ९१४ रुपैयाँ भुक्तानी गरिएको छ । विसं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन...
नारायणगढ–बुटवल सडकखण्डः १८ किलोमिटर कालोपत्र

नारायणगढ–बुटवल सडकखण्डः १८ किलोमिटर कालोपत्र

चितवन वरिपरि, प्रमुख समाचार, समाचार
नवलपरासी । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काममा तीव्रता आएको छ । यस सडक खण्डको पूर्वी भागमा पर्ने ६५ किलोमिटरमध्ये १८.५ किलोमिटरमा कालोपत्रे गरिसकिएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनका अनुसार अबको दुई महिनाभित्र थप ४२ किलोमिटर सडक कालोपत्रे हुनेछ । सडक विस्तारसँगै कल्भर्ट निर्माण, पर्खाल निर्माण लगायतका काम पनि भइरहेका छन् । अहिलेसम्म पूर्वी खण्डको काम ४४ प्रतिशत सम्पन्न भएको र आगामी असारसम्म ७० प्रतिशत काम सक्ने लक्ष्य राखिएको जनाइएको छ । चैत २०८१ सम्म यो खण्डको ९० प्रतिशत काम सक्ने गरी काम भइरहेको ठेक्का व्यवस्थापकले बताए ।...