प्रदेश

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा उच्च रक्तचाप मापन मेसिन सञ्चालन

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा उच्च रक्तचाप मापन मेसिन सञ्चालन

banner-2, प्रदेश, प्रमुख समाचार, स्वास्थ्य
हेटौंडा,३ माघ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले स्वचालित उच्च रक्तचाप मापन मेसिन सञ्चालनमा ल्याएको छ । मंगलबार एक कार्यक्रमका बिच मन्त्रालयको प्रांगणमा उच्च रक्तचाप मापन मेसिन (अटोमेटिक डिजिटल बीमआई मेसिन) सञ्चालनमा ल्याइएको हो । आम नागरिकहरुमा सचेतना जगाउने उद्देश्य अनुरुप विश्व स्वास्थ्य संगठनको सहयोगमा अटोमेटिक डिजिटल ब्लडप्रेसर मापन मेसिन संचालनमा ल्याइएको हो । नेपालमा करिब ४७ लाख मानिसहरुमा उच्च रक्तचापको समस्या रहेको अनुमान गरिएको छ । जसमध्ये १० लाख मानिसले मात्र नियमित रुपमा उच्च रक्तचाप चेकजाँच गर्ने र अवस्थाको बारेमा जानकारी लिने गरेको मन्त्रालयले जनाएको छ । चेकजाँच गर्ने १० लाख मानिसहरु मध्ये ४ लाख मानिसले उच्च रक्तचापको औषधि सेवन गर्ने गरेको मन्त्रालयको तथ्यांक रहेको छ । औषधि सेवन गर्नेहरुमध्ये २ लाख जना मानिसमा उच्च रक्तचाप नियन्त्रणमा रहेको जनाइएको छ ।तथ्यां...
मनसुन लम्बियोः  ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

मनसुन लम्बियोः ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’

कृषि, प्रदेश, समाचार
काठमाडौँ, १५ आश्विन । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो । यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । त्यसैले बदली छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । “अहिले धानबाली भित्...
सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै

सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता हुँदै

प्रदेश, प्रमुख समाचार, समाचार, स्वास्थ्य
काठमाडौँ,१३ आश्विन । सरकार र आन्दोलनरत चिकित्सकहरूबीच वार्ता हुने भएको छ। शनिबार अपरान्ह ४ बजे सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता हुन लागेको हो। अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमणका घटनाहरू बढेसँगै स्वास्थ्यकर्मीहरू झण्डै एक सातादेखि आन्दोलनमा छन्। सरकारले उनीहरूलाई बिहीबार वार्तामा समेत बोलाएको थियो। तर आफ्ना माग पूरा नभएको भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिइरहेका छन्। पछिल्लो समय पोखराको मणिपाल अस्पताल, ललितपुरको पाटन अस्पताल, लमजुङ, सुर्खेत र हेडौंडालगायतका जिल्लामा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूमाथि आक्रमण भएको थियो।...
नयाँ घरमा पुष्पा र अञ्जली

नयाँ घरमा पुष्पा र अञ्जली

चितवन बिशेष, प्रदेश, समाचार
सप्तरी, ११ आश्विन । चितवनबाट ल्याइएका दुई पोथी गैँडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा छाडिएको छ । मंगलबार बिहान करिब ११ बजे चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ट्रकमा राखेर हिँडाएको पुष्पा र अञ्जली नामका दुई गैँडालाई बुधबार वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले स्वागत गरेपछि कोशी टप्पु वन्यजन्तु आरक्षको पश्चिम सेक्टरअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं–५, पथरीमा निर्माण गरिएको खोर (इन्क्लोजर)मा राखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीको निगरानीमा करिब १५ घन्टाको यात्रापछि पुष्पा र अञ्जलीलाई स्थानान्तरण गरी चितवनबाट बिहान करिब ४ बजे सप्तरी ल्याइएको हो । छ महिनासम्म साँझको समयमा खोरमा राख्ने र दिउँसो वरिपरिको चरन क्षेत्रमा छाडिने छ । कोशी टप्पुबाट केही वर्षअघि १४ वटा अर्ना लगिएको थियो । त्यसैको पैँचो तिर्न चितवन राष्ट्रिय निकुञ्जले गैँडा पठाएको...
मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका अरुण झा पक्राउ

मधेशका मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका अरुण झा पक्राउ

प्रदेश, राजनीति, समाचार
जनकपुरधाम,११ आश्विन । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवविरुद्ध सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । धनुषा प्रहरीले बुधवार राति अभियन्ता अरुण झालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले पुष्टि गरे । उनले सामाजिक सञ्जालमा मुख्यमन्त्रीविरुद्ध लेखेको उजुरीको आधारमा झालाई पक्राउ गरिएको बताए । उनका अनुसार झाविरुद्ध मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उजुरी दिएको छ । झाले सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए । उनले लेखेका थिए, ‘मंलगवामा भएको घटनाको दोषीलाई कारबाहीरगोली हान्नुस् मुख्यमन्त्री सरोज यादव ज्यू । नत्र हामी तपाईँलाई छिट्टै कालोमोसो दल्छौँ ।‘ ...
पोखरामा चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंमा प्रदर्शन, बन्द गरे सबै सेवा

पोखरामा चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंमा प्रदर्शन, बन्द गरे सबै सेवा

प्रदेश, प्रमुख समाचार, समाचार, स्वास्थ्य
काठमाडौं, ९ आश्विन । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेजका आवासीय चिकित्सकहरुले अस्पताल बाहिर प्रदर्शन गरेका छन् । चिकित्सकहरुले सबै सेवा बन्द गरी अस्पताल बाहिर प्रदर्शन गरेका छन् । सरकारको तर्फबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएको र यस्तो अवस्थामा काम गर्न चिकित्सकहरुको मनोबल घटेको भन्दै उनीहरुले सबै सेवा ठप्प पारेको घोषणा गरेका हुन् । नेपाल मेडिकल कलेजले ओपीडी सेवा आज बन्द भएको जनाएको छ । अस्पताल आएका आकस्मिक बाहेकका बिरामीहरुलाई कर्मचारीहरुले आज डाक्टरहरुको हड्ताल भएको भन्दै भोलि ओपीडीमा आउन आग्रह गर्दै फर्काएका छन् । डाक्टरमाथि हातपात गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । लम्जुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मंगलबार मृत्यु भएको थियो । मृतकका ...
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

यात्रुवाहक रात्रिबस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

प्रदेश, प्रमुख समाचार, समाचार
दाङ, ९ आश्विन । काठमाडौँबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रिबस पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ, लमही नगरपालिका–९ शिवखोलामा दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् । कर्णाली प्रदेश०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको र घाइते याुत्रहरूको लमही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए । बसमा ४५ जना यात्रु सवार थिए । के कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न १३ वर्षपछि पक्राउ

डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न १३ वर्षपछि पक्राउ

चितवन बिशेष, प्रदेश, प्रमुख समाचार, समाचार
भरतपुर, ८ आश्विन । बीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनका तत्कालीन कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपरहरणमा संलग्न नुवाकोटका सुब्बा तामाङ (लुप्पा) १३ वर्षपछि आइतबार पक्राउ परेका छन् । श्रेष्ठको अपहरणमा दोषी ठहरिएका नुवाकोटको विदुर नगरपलिका–१२ का ३९ वर्षका तामाङलाई घर नजिकै आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घटनापश्चात फरार रहेका उनलाई पक्राउ गरेर फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा ल्याइएको हो । ‘अपहरण तथा शरीर बन्धक मुद्दा’ मा चितवन जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र एक लाख जरिवानाको फैसला सुनाएको थियो । उनलाई आइतबार नै अदालतले कारागार चलान गरेको छ । विसं २०६७ जेठ ४ मा डा श्रेष्ठको अपहरणमा संलग्न तामाङसहित छ जनालाई अदालतले विसं २...
एमाले बागमतीको अधिवेशन आजदेखि, केपी ओलीले उद्घाटन गर्ने

एमाले बागमतीको अधिवेशन आजदेखि, केपी ओलीले उद्घाटन गर्ने

प्रदेश, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं, ८ आश्विन । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरू हुँदैछ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम छ । उद्घाटनअघि एमालेले काठमाडौंका ६ ठाउँबाट र्‍याली निकाल्ने एमाले बागमती प्रदेश अध्यक्ष केशव पाण्डेले बताए । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ । अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौंका १३२ जना छनोट भएका छन् त्यसैगरी काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना तथा धादिङबाट ८७, चितवनबाट ८५ , रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । जनसंगठनबाट ९५ जना प्रतिनिधि छानिएका छन् । अधिवेशनको बन्दसत्र भोलिब...
कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

कालिका नगरपालिका–७ मा युवासंघ वडा कमिटी गठन

चितवन बिशेष, प्रदेश, प्रमुख समाचार, राजनीति
कालिका, ८ आश्विन । राष्ट्रिय युवा संघ नेपालको संगठन विस्तार अभियान अन्तर्गत कालिका नगरपालिका– ७ मा रवि गिरीको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गरेको छ । उपाध्यक्षमा विक्रम सिंजालीमगर, सचिवमा रुपेश परियार रहेका छन् । राष्ट्रिय युवा संघ नेपाल कालिका नगर कमिटी अध्यक्ष जिवन थापामगरको अध्यक्षतामा आयोजना गरिएको भेलाले वडा कमिटी गठन गरेको हो । भेलालाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला सह सचिव पूर्ण महतो (निशान) ले पछिल्लो राष्ट्रिय राजनीतिक अवस्था र युवाहरुले खेल्न सक्ने भूमिकाबारे प्रकाश पारेका थिए । महतोले मूलुकको परिवर्तनका लागि युवाहरुको सहभागीता र उपस्थिती राजनीतिमा आवश्यक रहेका बताए । नेकपा एमाले कालिका–७ का वडा अध्यक्ष बलबहादुर सिंजाली विशिष्ट अतिथि रहेका थिए । भेलामा युथफोर्स बागमती प्रदेश सदस्य सुजना मल्ल, राष्ट्रिय युवा संघ नेपाल चितवनका निवर्तमान सदस्य अजय ...