साहित्य

Elit scripta volumus cu vim, cum no vidit prodesset interesset. Mollis legendos ne est, ex pri latine euismod apeirian. Nec molestie senserit an, eos no eirmod salutatus.

साहित्यकार तेज विलासको नयाँ कृति ‘उत्प्रेक्षण’ सार्वजनिक

साहित्यकार तेज विलासको नयाँ कृति ‘उत्प्रेक्षण’ सार्वजनिक

चितवन बिशेष, समाचार, साहित्य
कुरिनटार, ७ आश्विन । साहित्यकार तेज विलास अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक सङ्ग्रह’ सार्वजनिक भएको छ । शुक्रवार कुरिनटार स्थित प्रगति पाठशालाको सभा हलमा एक कार्यक्रमका बिच अधिकारीको नयाँ कृति ‘उत्प्रेक्षण–मुक्तक सङ्ग्रह’ सार्वजनिक गरिएको हो । साहित्यकार एवं कवि कृष्णप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न कृति विमोचन कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य सांसद कृष्णप्रसाद सिलवाल लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूले एकसाथ कृतिको सार्वजनिक गरेको थियो । कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष एवं आँबुखैरेनी वाङमय परिषद्का अध्यक्ष अनिले श्रेष्ठले साहित्यकार तेज विलासका मुक्तकहरूले समाजका विकृति र बेतिथिहरू माथि कलम चलाउँदै समाजलाई प्रगतिशील बाटोमा लैजान मद्दत पुर्‍याएको विचार व्यक्त गरे । यसै गरी कार्यक्रममा समाजसेवी ध्रुवराज त्रिपाठी, इच्छाकामना साहित्य प्रव...
स्वास्थ्य शिविर  तथा सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

स्वास्थ्य शिविर  तथा सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

चितवन बिशेष, समाचार, साहित्य
चितवन, ७ आश्विन । कालिका नगरपालिका कालिका ०२ मा अवस्थित आधारभूत विद्यालय कमलपुरमा  निःशुल्क बाथ रोग सम्बन्धी स्वास्थ्य शिविर  तथा सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ नारायणगढ दियालो नेशनल बाथ रोग चितवन शाखा को आयोजना, कालिका भजन समूह कालिका २ को सह-आयोजना तथा कालिका नगरपालिका कालिका २ को सहयोगमा शनिवार स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ५ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका संयोजक लियो क्लब अफ नारायणगढ दियालोका सचिव रमन वाग्लेले  जानकारी दिनुभएको छ । कार्यक्रममा बाथ रोग सम्बन्धी समस्या देखिएका सम्पूर्ण वडा बासीहरू ले स्वास्थ्य लाभ लिएका थिए  । भजन समूहका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल श्रेष्ठले स्वास्थ्य शिविरमा सम्पूर्ण भजन समूहका सदस्य एवं वडा बासीले   निःशुल्क स्वास्थ्य लाभ लिएको बताउनुभयो । कार...
बुवा आज किन यस्तो कुरा गर्दै हुनुहुन्छ म सँग?

बुवा आज किन यस्तो कुरा गर्दै हुनुहुन्छ म सँग?

साहित्य
बुवा आज किन यस्तो कुरा गर्दै हुनुहुन्छ म सँग? त ठुलो मान्छे भएको हेर्ने सपना छ, सपना के भनूँ, बिपनामा पनि चाहन्छु त ठुलो मान्छे भएको हेर्न, तर तलाइ म तेहि १४ बर्से बालक देख्छु, जुन बेला त एसएलसी पछि चितवन हिँडेको थिइस्, मनभरि आशाको गह्रुँगो पोको बोकेर, अनि गह्रुँगो मन बोकेर, आँखा भरी आशुको गह्रुँगो भारी बोकेर, अनि, गह्रुँगो र रात भरी रोएका ठुला आँखाहरू बोकेर, एक जोर गह्रुङ्गा पाइलाहरू बोकेर, अनि झोलामा २/४ जोर हलुङ्गो कपडाहरू बोकेर, बुवा आज किन यस्तो कुरा गरिरहनु भा’छ म सँग।   सपना त धेरै देखेको थिए मैले तेरा लागि, हुन त मैले मेरा लागि पनि कम सपना त कहाँ देखेको थिए र? सोचेजस्तै सजिलो रहिनछ सपनाहरूलाई यथार्थ बनाउन, जति सजिलो छ सपना देख्न,रङिन सपना, त जे बन्छस् त्यसमा म खुसी हुन्छु भन्थे, किनकि त जे बन्छस्, त्यसमा त खुसी हुन्छस्, ...
जीवन

जीवन

विचार, साहित्य
कहिलेकाहीँ हामी जीवनलाई समयको रूपमा उल्लेख गर्छौं !!!! के जीवन भनेको हामीले बाँच्ने अवधि मात्र होर ? वा जीवन भनेको हामीले छोडेको अवधि मात्र होर ? वास्तवमा जीवन के हो ?? विगत वा वर्तमान !!? म जीवनलाई भविष्यको रूपमा उल्लेख गर्न सक्दिन किनकि हामी भविष्य देख्न, महसुस गर्न, सुन्न सक्दैनौं। यो एक अनुमान मात्र हो र मलाई धारणामा मेरो शब्द व्यक्त गर्न मन लाग्दैन। मेरो दृष्टिकोणमा, तीन शब्दले जीवनलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ। मैले यसलाई (SHE) भनेर बोलाएको छु। मैले एक व्यक्ति वा लिङ्गको बारेमा भनेको जस्तो होइन, (SHE) को अर्थ (संघर्ष, इतिहास र अनुभवहरू) संघर्षले अनुभव दिन्छ. . . . अनुभवले संघर्षलाई सहज बनाउँछ. . . . . . र इतिहास संघर्ष र अनुभवले बनेको हुन्छ के म सहि छु र? यदि हो भने SHE बिन्दु गर्न सुरु गरौं जीवन यस्तो चीज हो जुन हामी खेल्न सक्दैनौं र यसले तपाइँको ...
बुढ्यौलीको युवापन!

बुढ्यौलीको युवापन!

समाचार, साहित्य
आयुष कोइराला अगाडि सजिएको छ जिन्दगीको रङ्गमञ्चको रङ्ग-मिश्रित क्यानभास, पोतिएका छन् रङहरू बालापनका, युवावस्थाका... कल्पहरू बुढेसकालका... एक मुढो ठीक अगाडि छ उभिएको, ठिङ्ङ.. मस्तिष्कमा कल्पनाको सिरेटो चलिरहेछ सर-सर.. सर-सर.... हल्का फुल्न थालेका केश कन्याउँदै घरी सपनाउँछ, फेरि सुम्सुम्याउँछ खजमजिएको केश; बसन्तको आगमनले पालुवा पलाएका तमाम बोटबिरूवाभन्दा माथि हेर्छ लुकामारी खेलिरहेका जुन-तारा, घरिघरि ढाक्न आउने बादल, मनमा हुरी चल्छ, बितेको प्रेमभावको, छरिएका आयामहरूको, पार गरेका गोरेटोहरूको, यादहरू बालापनको, आँखाका काँपबाट आँसु तप्किन्छन् पुराना याद, माटोमा बिलाउँछन्, जसरी बादलले जुन र चन्द्रमा छेक्छ बेला-बेला, फेरि बादलले घुम्टो नओढेको देख्छ, जुन र तारा.. मुस्कुराउँछन् मनचरी फुरूङ्ग हुन्छ, क्यानभासमा हरियो रङ पोत्छ अर्केस्ट्राबाट सुमधुर धुन बज्छ जवानीमा ...
गाउँको त्यो बिहे, सहरमा पार्टी प्यालेसको यो बिहे!

गाउँको त्यो बिहे, सहरमा पार्टी प्यालेसको यो बिहे!

साहित्य
अमन बस्नेत   बिहान सात बजेको हुँदो हो। आफ्नो धर्म निभाउन अलार्म पनि जोडजोडले एकोहोरो कराउन थालेको थियो। एकछिन सुत्ने योजना बनाउँदै अर्लाम अफ गरेँ। झस्याङ्ग याद आयो, ‘ओहो! आज विनयले मार्छ। धत्तेरी, भुसुक्कै बिर्सेको!’ हत्तपत्त उठेर साथी विनयलाई फोन गरेँ। ‘पार्टी प्यालेसतिर सबेरै जम्मा हुन्छन् है। चाँडै पुग्नुपर्छ नि।’ मलाई आठ बजे पिकअप गर्न आउने भयो ऊ। विनयको सहकर्मी दिदीको बिहे थियो। ‘दिदीको पहाड घर रामेछाप रहेछ अनि बेहुलाको सिन्धुली। अहिले सबै जना काठमाडौंतिर डेरा गरी बस्छन् भन्ने सुनेको,’ विनयले मलाई सुनायो। खासै चासो राखिनँ मैले। खासै जाऊँझैं लागेको पनि थिएन। विनयले ‘म एक्लै हुन्छु, तिमी पनि जानुपर्छ’ भनेपछि हस् भनेको हुनाले जानैपर्ने भयो। उसको आउने बेलासम्म नुहाएर र ब्रेकफास्ट तयार पारेँ। लोकेसन भक्तपुरको कुनै एक पार्टी प्यालेस थियो। ८ नबज्दै विनय आइपुग्यो। टिपटप! बेहुलाभन्दा...
मैले गणतन्त्र जिन्दाबाद भन्न सकिन

मैले गणतन्त्र जिन्दाबाद भन्न सकिन

साहित्य
हिरालाल केसी तर पनि....... साथी ! मलाई भाेकले बाेली नै अाउंदैन क्षमा गर मैले गणतन्त्र जिन्दावाद भन्न सकिन राेगले अाेछ्यानमा थला परेकाे छु उत्सवमा भाग लिन सकिन साथी ! मलाई क्षमा गर मैले गणतन्त्र दिवस मनाउन सकिन ।। साथी ! म भर्खर चाेकमा तरकारी घाेप्ट्याएर अाएकाे छु घाटाकाे तनावले रन्थनिएर बसेकाे छु पल्लाे घरकाे साईलाले दूध घाेप्ट्यायाे माथिल्लाे घरकी दिदी लघुवित्त बिरुद्धकाे अान्दाेलनमा छिन् क्षमा गर साथी ! म गणतन्त्रकाे उत्सवमा अाउन सकिन । मैंले गणतन्त्र जिन्दावाद भन्न सकिन ।। साथी ! हिजाे गाेली लागि पिप बगिरहेकाे जनयाेद्दा मृत्युसैयामा छटपटाईरहेकाे छ क्रान्तिका लागि झाेला बाेकेकाे कार्यकर्ता अाज खाडीतिर रुन्छ म घाईते याेद्दालाई मलम लगाउं कि खाडीकाे कमरेडलाई सम्झाउं ? क्षमा गर साथी म गणतन्त्र उत्सवमा अाउन सकिन उफ्री उफ्री गणतन्त्र जिन्दावाद भन्न सकिन । ...
लेख्नै पर्ने कथा

लेख्नै पर्ने कथा

साहित्य
निरज थापा ‘केही गरेन भने त केही पनि नहुने रहेछ।’ एउटा अकाट्य सत्यजस्तो बोल्यो राम। अर्थात् रामराज राई। आफ्नो आँखालाई तेज पारेर हेरिपठायो तल टिस्टा खोलालाई। अलि उतै उतै कुदाएर आँखालाई पर सुभुक पुल, फाँटिलो बगर, तेर्सो मैदान र बाक्लो जङ्गल हेर्न लगायो। सिलगढी त्यहीँ, अलि परतिर त छ सपनाको सहर। यतिबेला अलिअलि आँखा अझ चम्किला भए उसका। ‘बस्नु त फ्ल्याटमै मजा आउँदो रहेछ ।’ अस्ति अलिक दिन माइली बहिनी मन्दोदरीको फ्ल्याटमा बसेको अनुभव बोल्यो राम। फेरि थप्यो, ‘सब्जी पनि घरैमुनि आउने, दूध पनि, फलहरू पनि, बिहान पूजा गर्ने सर-सामान पनि घरैमुनि ठेलामा आउँदो रहेछ। चौबिसै घन्टा रनिङ वाटर, बत्ती। यहाँजस्तो मध्ये बाह्रमा तर्साउँछ है भन्ने केही नहुँदो रहेछ। कोई बेला त ठिक्क रातको बाह्र बजे भूतले जस्तै मासु भात खाइयो। खोइ त केई भएन त।’ उत्तराधुनिक संस्कृतिको एक झलक देखायो उसले। इन्द्रबहादुर राईक...