Banner 1

भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने

भरतपुर आउने पर्यटकले बाघ देख्न पाउने

Banner 1, चितवन बिशेष
चितवन। निकुञ्जमा बाघ देख्न पाउँदा पर्यटकले आफूलाई निकै भाग्यमानी ठान्दछन् । यहाँ आउने पर्यटकले आकलझुकलमात्र बाघ देखे भने निकुञ्जबाहिर आएर खुसी आदानप्रदान गर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख हाराहारी पर्यटक घुम्ने गर्दछन् । तीमध्ये निकै न्यून पर्यटकले मात्र बाघ देख्ने अवसर पाउँछन् । निकुञ्ज र मध्यवर्ती घुम्ने अधिकांश पर्यटकले एक सिङ्गे गैँडा भने हेर्ने अवसर पाउँछन् । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भ्रमण वर्ष मनाउँदै गर्दा दुई नयाँ गन्तव्यको खोजी गरेको छ । त्योमध्येको एक पाटेबाघ यहाँ आउने पर्यटकलाई देखाउने र अर्को दियालो दरबार प्रवेशको वातावरण बनाउने रहेको थियो । गत सातादेखि दियालो बङ्गला सञ्चालनको जिम्मेवारी महानगरपालिकाले लिएको छ । यससँगै आजदेखि भरतपुरको देवनगरमा रहेको वन्यजन्तु उद्धार केन्द्रमा दुई पाटेबाघ सर्वसाधारणका लागि हेर्ने अवसर महानगरले दिलाएको...
कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार

कृष्णसार स्थानान्तरणका लागि पूर्वाधार तयार

Banner 1, चितवन बिशेष, चितवन वरिपरि, प्रमुख समाचार
भरतपुर । चितवनमा कृष्णसार स्थानान्तरणका लागि विद्युतीय तारबार जडान गरिएको छ । रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा रहेको १९ दशमलव ८३ हेक्टर क्षेत्रफलमा कृष्णसार स्थानान्तरणका लागि बासस्थानको सुरक्षार्थ विद्युतीय तारबार (इलेक्ट्रिक फेन्स लाइन) जडान गरिएको हो । विद्युतीय तारबार जडानसँगै यहाँ कृष्णसार स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको रत्ननगरका नगर प्रमुख प्रल्हाद सापकोटाले बताए । टिकौलीमा कृष्णसार राख्नका लागि प्राविधिक रूपमा अध्ययनपश्चात् आवश्यक तयारी गरिएको उनले जानकारी दिए । टिकौलीमा कृष्णसार राख्नका लागि तयार पारिएको क्षेत्रमा तारबार, घाँसेमैदान र दुई पोखरी निर्माण गरिएको प्रमुख सापकोटाले बताए । कृष्णसारलाई चितवन ल्याउनका लागि नगरपालिकाले अग्रसरता लिएको हो । नगर...
वडा युवा क्लब भरतपुर २५ द्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

वडा युवा क्लब भरतपुर २५ द्वारा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Banner 1, चितवन बिशेष, प्रमुख समाचार
शुक्रनगर, ३० फागुन । वडा युवा क्लब भरतपुर २५ को आयोजनामा  "लागु पदार्थ  नियन्त्रणमा विद्यार्थीको भूमिका" शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । वक्तृत्वकला प्रतियोगिता  बुधवार प्रभात माविको सभा हलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि एवम् शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौड्यालले भरतपुर महानगरमा गठित युवा क्लब मध्ये जनचेतनामूलक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने पहिलो क्लब भरतपुर २५ भएको बताउनुभयो । बढ्दो लागू औषधलाई नियन्त्रण गर्ने महानगरको अभियानलाई सफल बनाउनका लागि युवा क्लबले यस किसिमको जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेमा शैक्षिक प्रशासन महाशाखाले सम्पूर्ण  सहयोग  गर्ने पौड्यालले प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि एवम् भरतपुर २५ का कार्यवाहक वडा अध्यक्ष चमेली विकले युवाहरूले आटे असम्भव भन्ने केही नरहेको बताउन...
चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

Banner 1, चितवन वरिपरि, समाचार
चितवन – चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण कार्यदलको आज बैठक बसेर बुधबारदेखि काम सुरु गरिने उनले बताए। निकुञ्जकै हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायत जनशक्ति प्रयोग गरेर गैँडा स्थानान्तरण गरिने उनको भनाइ छ। उनले भने, ‘अहिले हामीले सातवटा गैँडालाई आन्तरिक स्थानान्तरण गर्दैंछौँ।’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको अध्ययन टोलीको प्रति...
अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म भरतपुर घुम्न सकिन्छ : प्रमुख दाहाल

अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म भरतपुर घुम्न सकिन्छ : प्रमुख दाहाल

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
भरतपुर, १८ फागुन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले अविस्मरणीय अनुभवसहित पाँच दिनसम्म भरतपुर घुम्न सकिने बताउनुभएको छ । शुक्रबार नारायणी किनारमा सञ्चालित भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बोल्दै भरतपुर घुम्न आउन समेत उहाँले आग्रह गर्नुभयो । प्रमुख दाहालले भ्रमण वर्षबाट सिंगो पाँच लाख आन्तरिक र दुई लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्रुभयो, ‘अनुपम सुन्दरता युक्त यस पवित्रभूमि सुन्दर छ । सबै प्राकृतिक सांस्कृतिक धार्मिक विविधताहरुले भरिपूर्ण छ । आवश्यक पूर्वाधारहरु तयार गरिरहेका छौं, अविस्मरणीय अनुभव सहित पाँच दिनसम्म घुम्न सकिन्छ ।’ उहाँले दुर्लभ पाटेबाघ र एक सिंगे गैँडा प्रत्यक्ष हेर्ने व्यवस्था गरिएको बताउनुभयो ।...
भरतपुरमा एक सिङ्गे गैँडा मृत फेला

भरतपुरमा एक सिङ्गे गैँडा मृत फेला

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा एक सिङ्गे गैँडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका–१३ स्थित बेल्सर मध्यवर्ती सामुदायिक वन क्षेत्र भित्रको राप्ति नदीस्थित जर्नेलीघाटमा आज मृत गैँडा फेला परेको हो । मृत अवस्थामा फेला परेको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मृत भाले गैँडा अन्दाजी १२ वर्षको थियो । आपसमा जुधेर गैँडाको मृत्यु भएको आशङ्का गरिएको छ ।...
भरतपुर भ्रमर्ण बर्षको र्‍यालीमा उत्कृष्ट सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कार

भरतपुर भ्रमर्ण बर्षको र्‍यालीमा उत्कृष्ट सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कार

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा उकृष्ट ¥याली सहभागि वडालाई एक लाख रुपैयाँको जिन्सी पुरस्कारको व्यवस्था गरिएको छ । फागुन १८ गते उद्घाटन स्थल नारायणी नदी किनार पुग्ने वडागत ¥यालीको समुहलाई विभिन्न कोणबाट मूल्याङ्कन गरी पुरस्कारको व्यवस्था गरिने छ । र्‍यालीमा सहभागिहरुले प्रस्तुत गर्ने भेषभुषा, रिजीरिवाज, झाँकी, बाजागाजा, अनुशासनको आधारमा मूल्यांकन समितिले नतिजा निकाल्ने छ । भरतपुरका २९ वटाका र्‍याली समुह मध्ये प्रथम, द्धितिय र तृतिय हुनेले क्रमशः रु १ लाख, ७५ हजार र ५० हजार जिन्सी पुरस्कार प्राप्त गर्ने महानगरपालिकाले जनाएको छ । र्‍यालीमा सबैभन्दा धेरै संख्यामा सहभागिता जनाउने वडाले मूल्याङ्कन धेरै अंक प्राप्त गर्ने छन् । यस्तै र्‍यालीमा अपनाईएको संस्कृति, भेषभुषा, अनुशासनलगायतका विषयमा मूल्याङ्कन समितिले अंक दिनेछ । उत्कृष्ट समुहलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्...
विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श मा.वि प्रथम

विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा आदर्श मा.वि प्रथम

Banner 1, चितवन बिशेष, समाचार
महेन्द्र महतो भरतपुर,११ फागुन । भ्रष्टाचार विरुद्ध अभियान सहयोगी समूह भरतपुर २६ द्वारा आयोजित “भ्रष्टाचार विरुद्ध मेरो भूमिका” विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता भरतपुर २६ आदर्श मा.वि को सभा हलमा शुक्रवार(आज) सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ को आर्थिक सहयोग रहेको प्रतियोगितामा १८ जना सहभागी विद्यार्थीहरू मध्य आदर्श माध्यमिक विद्यालयकी लक्ष्मी अधिकारी प्रथम, सोही स्कुलकी सावित्रा काफ्ले दृतिय, रातापुर आधारभूत विद्यालयकी मेरिना चापागाईँ तृतीय र कालिका संस्कारकुलम सेकेन्डरी स्कुलकी प्रकृति पौडेल सान्त्वना हुन सफल हुनु भएको छ ।वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा संयोजक मुक्तिनाथ ढकाल, बालकृष्ण शर्मा घिमिरे, सोगराज रिजाल रहनु भएको थियो । भरतपुर महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनालको प्रमुख आतिथ्यता एवम् भ्रष्टाचार विरुद्ध अभियान सहयोगी ...
राप्रपाको जनप्रदर्शनका कार्यक्रम आजबाट

राप्रपाको जनप्रदर्शनका कार्यक्रम आजबाट

Banner 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ, फागुन ९– राष्ट्रिय प्रजातन्त्र पार्टीको जनआन्दोलनको कार्यक्रम आजबाट सुरु हुँदै छ । राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति लगायत राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखी जनप्रदर्शन गर्न लागेको हो । आजबाट काठमाडौँ सहित देशभरका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तथा दबाबमूलक कार्यक्रम गर्ने बताइएको छ । राप्रपाले यो आन्दोलन व्यवस्था परिवर्तनको आन्दोलन भएकाले पार्टीका सबै नेता÷कार्यकर्ताहरूलाई गम्भीर भएर लाग्न निर्देशन दिइसकेको छ । आफूले राखेका मागहरू पूरा नभएसम्म आन्दोलन स्थगित नगर्ने राप्रपाको अडान छ । ...
आजको राशिफल: २०८० फागुन ४ गते शुक्रबार

आजको राशिफल: २०८० फागुन ४ गते शुक्रबार

Banner 1, राशिफल, समाचार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ...