
भरतपुरमा भेटिएको शव अझै पनि अपरिचित, शव पहिचानका लागि प्रहरीले गर्यो अनुरोध
चितवन, ६ मंसिर । भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा बुधबार दुई वटा जुटको बोरामा हातखुट्टा बाँधी पोको पारी फालिएको अवस्थामा भेटिएको दुई वटा शवको अझैसम्म पहिचान हुन सकेको छैन । शवको पहिचान हुन नसकेपछि प्रहरीले शव चिन्नेले प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
अन्दाजी ३५ वर्षको पुरुष र ३० वर्षको महिलाको शवको हुलियाबारे प्रहरीले जानकारी गराएको छ । उचाई ५ फिट ७ ईन्च भएको पुरुषले सेतो रंगको सेण्डो, सुपरड्राइ लेखिएको निलो रंगको हाफ कट्टु, डबल लेखिएको खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, झट्ट हेर्दा तराई मुलको जस्तो देखीने, दाहिने हातमा रक्षा बन्धन बाँधेको र हल्का दारी पालेको प्रहरीले जनाएको छ ।
त्यस्तै, उचाई ५ फिट ३ ईन्च भएकी महिलाले कलेजी रंगको ट्राउजर, गुलावीमा कालो रंगको बुट्टा भएको कुर्ता र खैरो रंगको पेन्टी लगाएको, वर्ण स्याम्लो, मझौला शरीर, हात खु...