नियमित अदुवापानी सेवनका यस्ता छन् फाइदा
अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्रायः हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ । अदुवा मात्रै होइन, अदुवापानीलाई नियमित रूपमा सेवन गर्ने हो भने शरीरलाई फाइदैफाइदा मिल्दछ ।
पेटसम्बन्धी समस्याको समाधान
हरेक दिन अदुवापानी पिउनाले पाचन प्रक्रिया राम्रो बन्दछ । साथै पेट पोल्ने समस्याको पनि यसले समाधान गर्दछ ।
सुगर कन्ट्रोल
अदुवाको पानीमा हुने जिंक तत्त्वले शरीरमा सुगरको कन्ट्रोल गर्दछ । त्यसैले डायबिटिजका बिरामीहरूका लागि अदुवापानी उपयोगी हुन्छ ।
तौल घटाउँछ
ब्लड सुगरको मात्रा कन्ट्रोल गर्ने अदुवाको विशेषता हो । साथै अदुवापानी नियमित सेवन गर्दा शरीरको तौल बिस्तारै घट्दै जान्छ । त्यसैले मोटोपनले सताएको छ भने अदुवापानीको प्रयोग गर्नु फलदायी हुन्छ ।
महिनावारीको दुखाइलाई कम गर्छ
...