Tag: उद्घोषण तालिम

चितवन आवाजको निशुल्क उद्घोषण तालिम सुरू

चितवन आवाजको निशुल्क उद्घोषण तालिम सुरू

Banner 1, चितवन बिशेष, समाचार
गुञ्जनगर, १७ भाद्र । सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निःशुल्क उद्घोषण तालिम आइतबार बाट गुञ्जनगरमा सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रानाले बोल्नेको पिठो नि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्दै आजको समय भनेको बोल्नेको समय रहेको बताउनुभयो । अझै पनि समाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न पनि वडाध्यक्ष रानाले आग्रह गर्नुभयो । अझै उपयोगी र सृजनशील कार्यक्रम सञ्चालन गरेमा वडाले सधैँ साथ र सहयोग गर्ने पनि उहाँले बताउनुभयो । कुनै पनि कार्यक्रम सञ्चालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्य...