Tag: निशुल्क उद्घोषण तालिम सुरू

गुञ्जनगरमा निःशुल्क उद्घोषण तालिम  सम्पन्न

गुञ्जनगरमा निःशुल्क उद्घोषण तालिम सम्पन्न

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
गुञ्जनगर, १९ भाद्र । सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निःशुल्क उद्घोषण तालिम गुञ्जनगरमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानाले समापन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । बोल्न सक्ने क्षमता विकास गर्ने प्रमुख उद्देश्यले सञ्चालन भएको तालिमबाट पक्कै सक्दो लाभ उठाएको उहाँले अपेक्षा गर्नुभयो । कार्यक्रममा भरतपुर १८ कि जनप्रतिनिधि लक्ष्मी शर्मा, सोच परिवर्तन नेपालका अध्यक्ष शिवराज कँडेल, मुस्कान लाइफ समूहका अध्यक्ष घनश्याम ढकाल लगायतका अतिथिहरूको उपस्थित रहेको थियो । चितवन आवाजका सञ्चालक विनोद अधिकारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा मन्दिरा क्षेत्रीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुस्मिता न्यौपानेले सहजीकरण गर्नुभएको थियो । तालिममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।...
चितवन आवाजको निशुल्क उद्घोषण तालिम सुरू

चितवन आवाजको निशुल्क उद्घोषण तालिम सुरू

Banner 1, चितवन बिशेष, समाचार
गुञ्जनगर, १७ भाद्र । सोच परिवर्तन नेपाल र चितवन आवाजको संयुक्त आयोजनामा तिन दिने निःशुल्क उद्घोषण तालिम आइतबार बाट गुञ्जनगरमा सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर १८ का वडाध्यक्ष बाबुराम रानाले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै रानाले बोल्नेको पिठो नि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भन्दै आजको समय भनेको बोल्नेको समय रहेको बताउनुभयो । अझै पनि समाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस किसिमको तालिमहरू आयोजना गर्न पनि वडाध्यक्ष रानाले आग्रह गर्नुभयो । अझै उपयोगी र सृजनशील कार्यक्रम सञ्चालन गरेमा वडाले सधैँ साथ र सहयोग गर्ने पनि उहाँले बताउनुभयो । कुनै पनि कार्यक्रम सञ्चालन गर्न तथा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सोच परिवर्तन नेपालका अध्य...