Tag: #नेपाल उद्योग वाणिज्य महासंघ

नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुँदै

नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुँदै

आर्थिक, समाचार
काठमाडौँ, २८ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भइरहेको जानकारी दिएको हो । उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्नसक्ने र कम्पनीमार्फत विभिन्न परियोजनामा लगानी गरिने जनाइएको छ । कम्पनीको अधिकृत पुँजी १० अर्ब हुनेछ । यसमा महासङ्घका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्नसक्ने महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रबाट आवश्यक पहल गरिरहेको बताए । राजनीतिक दलको आर्थिक विषयमा समान एजेण्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउदै अध्यक्ष ढकालले महासङ्घको आगामी चैत अन्तिम साता आयोजना हुन...