Tag: विनोद अधिकारी

आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?

आज बुवाको मुख हेर्ने दिन : के छ कुशे औंसीको महत्त्व ?

समाचार
काठमाडौं, १७ भाद्र । आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल हो, पिता। त्यसैले आज कुशे औंसी, बुवाको मुख हेर्ने दिनको अवसरमा हरेकले आफ्ना पिता प्रति सम्मान दर्शाउन बुवाको मुख हेर्ने र कोशेली दिने परम्परा छ। कुशे औंसीलाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन हो। कुशै औंसीका दिन पिता हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन्। बुवा नहुनेले पिताको सम्झनामा तस्बिर हेरेर वा विभिन्न मन्दिर ...
भरतपुर–२५ मा वडा स्तरीय युवा क्लब गठन

भरतपुर–२५ मा वडा स्तरीय युवा क्लब गठन

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
भरतपुर । भरतपुर महानगरपालिका वडा नम्बर २५ मा वडा स्तरीय युवा क्लब गठन गरिएको छ । वडा भित्र रहेका १६ देखि २४ वर्ष उमेर समूहका युवाहरूको भेलाबाट एक कार्यक्रमका बिच युवा क्लब गठन गरिएको हो । महानगर स्तरीय युवा क्लब गठनका साथै युवा संसद्को अभ्यास गर्ने उद्देश्य सहित गठन गरिएको क्लबको अध्यक्षमा दीपिका काफ्ले चयन हुनुभएको छ । त्यस्तै गरी उपाध्यक्षमा सुवास न्यौपाने, सचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा विपुल न्यौपानेलाई चयन गरिएको छ । क्लबका सदस्यहरूमा क्रमशः आरती बोटे, ममता कुमाल, युरेश बस्याल, एन्जेल परियार, विजय काफ्ले,  कन्चन महतो, सविता महतो, जेनेसिस मित्रकोटी, आयुष्यमा सापकोटा, आरती लम्साल, शिल्पा महतो रहेका छन् । वडा अध्यक्ष छविलाल सापकोटाको संरक्षकत्व रहने क्लबको गठनका लागि विशेष प्रतिनिधिको रूपमा अधिकृत स्तर आठौँ शिव प्रसाद ढुङ्गाना को उपस्थिति रहेको थियो । यस क्लबको कार्यकाल ...
भरतपुर भ्रमण वर्ष २०२४: मेघौली र गोलाघाट पर्यटकीय गन्तव्य

भरतपुर भ्रमण वर्ष २०२४: मेघौली र गोलाघाट पर्यटकीय गन्तव्य

Banner 1, चितवन बिशेष, प्रमुख समाचार, समाचार
विनोद अधिकारी  मेघौली, १० आश्विन ।  भरतपुर महानगरले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रूपमा मनाउँदै छ भने अवलोकनका लागि महानगरभित्रका ३३ पर्यटकीय स्थललाई पर्यटकीय गन्तव्यको रूपमा प्रचार गरिएको छ । भरतपुर भ्रमण वर्षको लागी पश्चिम चितवनको मेघौली गोलाघाट समेतलाई पर्यटकीय गन्तव्य भनी घोषणा गरिएको छ । एकातिर राप्ती नदी अनि अर्को तिर नारायणी नदी बग्दै बग्दै दुवै नदी एकै ठाउँमा मिसिएको ठाउँ हो मेघौली-गोलाघाट । भरतपुर देखि करिब २८/३० किलोमिटर पश्चिम चितवनमा रहेको यस ठाउँमा घुम्दा छुट्टै आनन्द महसुस गर्न सकिन्छ । साँझमा सूर्य अस्ताएको दृश्य नारायणी र राप्ती दुवै नदी मिसिएको ठाउँबाट हेर्दा आफू स्वर्गमा पुगेको महसुस गर्न सकिन्छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरिँदा टापुजस्तो देखिने मेघौली- गोलाघाट सदरमुकाम भरतपुरदेखि ५५ मिनेट तथा राजधानी काठमाडौँ देखी ६ घण्टाको दूरीमा गाडीबाट १६० किमीको यात...