चितवन मेडिकल कलेज (सिएमसी) ले लापरबाही गरेको आरोप
भरतपुर,१३ आश्विन । भरतपुर १० स्थित चितवन मेडिकल कलेज (सिएमसी) मा बिरामीको जिन्दगीमाथि लापरबाही गरेको आरोप लागेको छ । चितवन मेडिकल कलेजले, बिरामीलाई राम्रो स्वास्थ्य सेवा दिँदै आएको भए पनि बिरामीको सुरक्षा र सुविधा दिन सकेको छैन ।
गैँडाकोट २ बसोबास गर्दै आएकी बिना मगरले आफ्नो श्रीमान् खिम बहादुर मगरलाई आइतबार बिहान करिब ८ बजे ज्वाेराे आएको कारण चितवन मेडिकल कलेजको आकस्मिक वार्डमा लगेकी थिन् । अपतालमा सो समयमा कार्यरत कर्मचारीद्वारा खिम बहादुर मगरलाई सेलेन पानी चढाएको र आधी घण्टा सम्म सेलेन पानी मात्रै चढाएका बिना मगरले बताउनुभयो ।
उपचार अघि बढाउन माग गर्दा बिल नभई उपचार अघि नबढ्ने भन्दै मगरलाई आकस्मिक काउन्टरतिर पढाइएको र काउन्टरतिर जाँदा काउन्टर कर्मचारी आक्रोशित भई ८ नं कोठामा जानुस् भन्दै उहाँलाई पठाएको मगरले बताउनुभयो । सो सन्दर्भमा सूचना केन्द्र ८ नं कोठामा जाँदा उपस्थित कर्मचार...