Tag: केपी शर्मा ओली

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे एसएसपीमा बढुवा

समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर प्रहरीको प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकमा राजुनाथ पाण्डेलाई बढुवा गरेको छ । महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिनुभयो । महानगरपालिकाको नगर प्रहरी ऐनमा नगर प्रहरी प्रमुखमा एसएसपी हुने व्यवस्था थियो । यसअघि महानगर प्रहरीमा प्रहरी उपरीक्षकसम्मको दर्जा रहे पनि प्रहरी वरिष्ठ उपरीक्षकको दर्जा सिर्जना गरी पाण्डेलाई बढुवा गरिएको हो । विसं २०५० मा प्रहरी नायब निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका पाण्डेलाई यसअघि पनि महानगरले प्रमुखको जिम्मेवारी दिएको थियो । यसअघि काठमाडौँ महानगरपालिकामा पाँच जनाको प्रहरी उपरीक्षक दरबन्दी थियो । हाल महानगर प्रहरीमा तीन सय हाराहारीमा जनशक्ति रहेको छ ।...
सदनको गतिरोध खुलाउन सभामुखको पहल

सदनको गतिरोध खुलाउन सभामुखको पहल

राजनीति, समाचार
काठमाडौँ, २२ श्रावण । सङ्घीय संसद्को अवरोधको स्थिति खुलाउन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षका नेतालाई सदनको अवरोध खोल्न सभामुख घिमिरेले पुनः आग्रह गर्ने उहाँको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ङ’ सहित प्रमुख विपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा उहाँहरुको प्रमुख सचेतक वा सचेतकलाई बोलाउनुभएको छ । यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुई वटा बैठक सूचना टाँसेर स्थगित भ...
खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

खोटाङमा किबी र लिचीको उत्पादन बढ्यो

कृषि, समाचार
खोटाङ, ४ श्रावण । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७९/२०८० मा खोटाङमा किबी र लिचीको उत्पादन बृद्धि भएको छ । दश स्थानीय तह रहेको जिल्लामा यसवर्ष किबी तीन दशमलव १५ मेट्रिक टन र लिची पाँच मेट्रिक टनले उत्पादन बढेको हो । जिल्लामा ४० हेक्टर क्षेत्रफलमा किबी खेती गरिए पनि ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले मात्रै उत्पादन दिने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३७ हेक्टर क्षेत्रफलमा लगाइएको किबीले २० दशमलव ३५ मेट्रिक टन उत्पादन दिँदा आर्थिक वर्ष २०७९/२०८० मा ३७ हेक्टर क्षेत्रफलमै लगाइएको किबीले २३ दशमलव पाँच मेट्रिक टन उत्पादन दिएको जिल्ला कृषि ज्ञान केन्द्र खोटाङका कृषिप्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, नेर्पा, जालपा र प्रायः सबै वडामा तथा साकेला गाउँपालिकाको बाँझेच्यानडाँडा, खिदिमा, रतन्छा, दिप्रुङ चुइँचुम्मा गाउँपालिकाक...
बक्सिङ संघमा राम अवाले निर्विरोध

बक्सिङ संघमा राम अवाले निर्विरोध

खेल, समाचार
काठमाडौं, ४ श्रावण । नेपाल बक्सिङ संघको छैटौं साधारण सभा तथा निर्वाचनले दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङका रजत पदक विजेता राम अवालेलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । पोखरामा सम्पन्न साधारण सभाले अवालेको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन ग¥यो । वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी, महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु रहेका छन् । सदस्यमा गोविन्द डंगोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङतान, रेखा थापा मगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिए । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । (खेल...
जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

जनमत पार्टीद्वारा पाँच नेतालाई कारबाही

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ,४ श्रावण । जनमत पार्टीको अनुशासन समितिले पार्टीको नीति, निर्देशन तथा विधानविपरीत काम गरेको भन्दै सो पार्टीका पाँच नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा पूर्वसांसद बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, रुपन्देहीका शङ्कर खड्का, भोपेन्द्र यादव तथा कपिलवस्तुका भगवानदास यादव रहेका सो पार्टीका केन्द्रीय प्रवक्ता शरद सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ भने मण्डल, भगवानदास यादव र खड्कालाई जनमत पार्टीको सदस्यबाट एक वर्षका लागि निलम्वन गरिएको छ । यसैगरी भोपेन्द्र यादवलाई पार्टीको सचिवालयबाट तीन महिनाका लागि निलम्वन गरिएको जनाइएको छ । सो पार्टीले विज्ञप्ति प्रकाशन गरी कुशवाहाले पार्टी अनुशानविपरीत काम गर्दै आएको तथा पार्टी नेतृत्वविरुद्ध लागेको, भोपेन्द्र यादवले केन्द्रीय नीतिको उलङ्घन गरी गुटबन्दी गरे...
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती

समाचार
सालिक छैन, भानुचोक छ. . . नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा उहाँले नेपाली भाषा र साहित्यको उन्नयनमा पुरयाउनुभएको योगदानका विविध पक्षको स्मरण गर्दै चर्चा गरिएको छ । मोर्डन कन्या मल्टिपल कलेज, भीमसेन गोला, बानेश्वरले आज आयोजना भानुजयन्ती कार्यक्रममा इतिहासविद्, साहित्यकार, प्राध्यापक र छात्राहरूले भानुले नेपाली साहित्यको श्रीवृद्धिमा पुरयाएको योगदानबारे कविता र मुक्तकमार्फत उजागर गर्दै उनलाई प्रेरणा दिने घाँसीको समेत स्मरण गरे । सो अवसरमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले भानु आफूले आर्जेको ज्ञानलाई रचनामार्फत उजागर गरेकै कारण आज संसारका कुनाकाप्चामा पुग्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भानुको योगदानलाई औपचारिक रूपमा चिनाउने काम दार्जिलिङबाट भएकामा त्यसको धेरैपछि मात्र नेपालमा जयन्ती मनाउन सुरु गरिएको हो ।” उहाँहरूले विदेशमा भानु...
ओली माथिको आक्रमणमा पूर्वराजपरिवारलाई मुछ्नु संवेदनशील विषय हो:  प्रधानमन्त्री प्रचण्ड

ओली माथिको आक्रमणमा पूर्वराजपरिवारलाई मुछ्नु संवेदनशील विषय हो: प्रधानमन्त्री प्रचण्ड

Banner 1, राजनीति, समाचार
काठमाडौं, १८ बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपलाई लिएर जवाफ फर्काएका छन् । झापामा आफूमाथिको आक्रामणको प्रयासमा माओवादी केन्द्रसहित सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरुको संलग्नता रहेको ओलीको आरोप थियो । तर, ओलीको उक्त आरोपको प्रधानमन्त्री दाहालले खण्डन गरेका छन् । उनले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको स्पष्ट पारेका हुन् । आज (सोमबार) चितवनको आफ्नो घरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दाबी गरेका हुन् । उनले भने,‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो, तर एमाले अध्यक्ष ओलीले प्रदर्शनम...