
वैज्ञानिक अनुसन्धानमा युवालाई प्रोत्साहित गरिन्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान तथा प्रविधिका क्षेत्रमा गहन अनुसन्धान गर्न सरकारले युवा तथा वैज्ञानिकलाई प्रोत्साहित गर्ने बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४१औँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा उनले विज्ञान प्रविधिको विकासका लागि सरकारले विशेष कोषको स्थापना गरिसकेको जनाउँदै त्यसबाट अनुसन्धानमा महत्त्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
‘विज्ञान तथा प्रविधि विकासका लागि सरकारले एक अर्बको कोष स्थापना गर्ने चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम समावेश गरिसकेको छ’, नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले भने, ‘केही प्रक्रियागत व्यवस्थापन भएपछि उक्त कोषबाट प्रतिभावान युवालाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुनेछ ।’
विज्ञान तथा प्रविधिका क्षेत्रमा नास्टका वैज्ञानिकहरूले...