चितवन, १८ माघ । भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस अगाडि बाटो काट्दै गरेका पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन् । पैदलयात्री गम्भीर घाइते भएका छन् भने मोटरसाइकलमा सवार दुई जना सामान्य घाइते भएका छन् ।
बिहीवार बेलुका ४ः५० बजेको समयमा रामपुरबाट भरतपुरतर्फ आउँदै गरेको प्रदेश१–०२–०४५ प २८४६ नम्बरका् मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री भरतपुर–१५ दरेचोक बस्ने ६६ वर्षीय जुठीमाया गुरुङ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गुरुङको टाउकोमा चोट लागेको छ । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक भोजपुर षडानन्द नगरपालिका–८ बस्ने वर्ष ३५ को तिर्थ बहादुर तामाङ, मोटरसाइकल पछाडि सवार चालकको श्रीमती वर्ष २७ की सुस्मा गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।