चितवन, १८ माघ । भरतपुर महानगरपालिका–९ मगर टोलमा मादक पदार्थ सेवन (मापसे) गरेका चालकले चलाएको कार अनियन्त्रित भई दुर्घटना भएको छ । कार दुर्घटनामा छ जना घाइते भएका छन् ।
आज बिहान साढे ३ बजेको समयमा लालिगुँरास टोलबाट क्यान्सर अस्पताल रोडतर्फ जादै गरेको प्र३–०१–०२४ च ६५९२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी मापसे गरेका चालक भरतपुर–१२ बस्ने २० वर्षीय अनन्त काप्री, कारमा सवार सोहि ठाउँ बस्ने १९ वर्षीय शुलभ ढुंगाना, भरतपुर–८ बस्ने ३० वर्षीय आशिस रेग्मी, सोहि ठाउँ बस्ने २७ वर्षीय सन्दिप पाण्डे, भरतपुर–२१ बस्ने २१ वर्षीय सुरज अधिकारी र भरतपुर–७ प्रेमबस्ती बस्ने २७ वर्षीय देव बस्नेत घाइते भएको प्रहरीले बताएको छ ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।