रत्ननगर, १६ माघ । पूर्वी चितवनको रत्ननगरमा स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजना निर्माण सम्बन्धी कार्यशाला सुरु भएको छ ।
रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका कार्यकारी निर्देशक सुरेश थापा, एस शुब्बा र कृष्ण घिमिरेले सहजीकरण गरेका छन् ।
वन वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुन्दरमणि सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विपद् व्यवस्थापन र जनलबायु उत्थानशिलताको लागि स्थानीय सरकारले गर्न सक्ने काम र प्राथमिताको विषयमा समुहगत छलफल गरिएको रत्ननगर नगरपालिकाको वन वाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम दुई दिन सम्म चल्ने छ ।