सुनसरी, ५ फागुन । सुनसरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका-५ बस्ने ५० वर्षीया चिनिमाया बुढाथोकी छिन् । प्रहरीका अनुसार सोमबार दिउँसो दुहबी नगरपालिका-८ हुलास फ्याक्ट्रीअगाडि सडकमा विराटनगरबाट इटहरी जाँदै गरेको को१ख ७०२३ नम्बरको बसले प्र.१-०२-०५६ प ५५९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुढाथोकीको मृत्यु भएको हो ।
मोटरसाइकल पछाडि सवार बुढाथोकी गम्भीर घाइते भएकोमा विराट मेडिकल कलेज टिचिङ अस्पताल बुढीगंगा मोरङमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको विराट नर्सिङ होम अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।