दाङ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षाको लागि नेपाली काँग्रेस र नेकपा एमालेसहित दलहरु मिलेर सरकार बनाएको बताउनुभएको छ ।
नेकपा एमाले दाङले जिल्ला विकास समन्वय समितिको सहिद मञ्चमा सोमबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले देशको विकासलाई स्थायित्व र लोकतन्त्रको रक्षाको लागि देशको मुख्य दुई शक्तिसहित साना दलहरु मिलेर सरकार बनाएको स्पष्ट पार्नुभयो । उहाँले यो सरकार कसेलै भन्दैमा नढल्ने ठोकुवा समेत गर्नुभयो ।
‘‘यो सरकार २०८४ सम्म रहन्छ । कसैले भन्दैमा ढल्दैन, हामीसँग स्पष्ट बहुमत छ, त्यसकारण सरकार ढल्दैन र २०८४ सम्म काँग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’’
उहाँले दुइ दलहरुको उच्च समदारी अनुसार अहिले आफुले सरकारको नेतृत्व गरिरहेको बताउनुभयो । ‘‘आफ्नो नेतृत्वमा सरकार बनेपछि देश समृद्धतर्फ गएको प्रधानमन्त्री ओलीले दाबी थियो । देशलाई बदल्ने शक्ती एमाले बाहेक कसैमा नभएको भन्दै दाङ को समग्र विकासको लागि आफु गम्भिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एमालेको गन्तव्य सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो, ओलीले भन्नुभयो, हरेक नेपालीलाई सुखी बनाउने एमालेको गत्तव्य हो ।’’
अहिलेको सरकार सुन्दर नेपाल, सुखी नेपाली बनाउनको लागि दृढता र संकल्पसहित लागि परेको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको समग्र विकास, उन्नतिसंगै दाङको विकासालई विशेष ध्यानमा राखिएको बताउनुभयो ।’’ अहिले मदनभण्डारी राजमार्ग योजना अनुसार दाङको घोराही तुलसीपुर सडकको चार लेन्डलाई अगाडि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।
त्यस्तै दाङ उपत्याका र देउखुरी उपत्यकालाई जोडन्को लागि सुरुङ मार्ग बनाउने आफ्नो दिर्घकालिन योजना रहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा त्यसतर्फ ध्यान दिएर बजेट विनियोजन गर्ने समेत बताउनुभयो ।
त्यस्तै उहाँले दाङको कृर्षियोग्य जमिनमा सिचाइ विशेष ध्यान दिने बताउनुभयो । हिजका दिनमा दाङ विकासले पछाडि परेपनि अब दाङले विकासकोे गति लिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।