काठमाडौँ, ९ फागुन । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक भएको छ ।
त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो । निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते तोकिएको छ । यस्तै, २१ गते मतदाता सूची प्रकाशन गरिनेछ भने २७ गते उम्मेदवारी दर्ता गर्न सकिने छ ।