दिव्यनगर, २७ फागुन । आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गर्दै अनेरास्ववियुका तर्फबाट दिपेश काफ्लेले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विद्यार्थी हकहित र शैक्षिक सुधारलाई मुख्य एजेन्डा बनाउँदै काफ्ले चुनावी मैदानमा उत्रिएका हुन्।
काफ्लेले उम्मेदवारी घोषणा गर्दै भने, “विद्यार्थीहरूको हक र हित सुनिश्चित गर्न, गुणस्तरीय शिक्षा, पारदर्शी प्रशासन तथा प्रभावकारी नेतृत्व आवश्यक छ। म विद्यार्थीहरूको आवाज बनेर काम गर्न चाहन्छु।”
अनेरास्ववियुले क्याम्पसका लागि सचिवमा विनोद अधिकारी, कोषाध्यक्षमा केशव सापकोटा, प्रत्यक्षतर्फ सदस्यमा स्मृति चौधरी, अञ्जली रिजाल र प्रतीक्षा सुवेदीको नाम मनोनयन गरेको छ ।