काठमाडौं, १६ चैत । पूर्व राजा समर्थकको नाममा शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा अराजकता भड्काउने दुर्गा प्रसाईं आन्दोलन चर्किएपछि सटरमा लुकेको खुलेको छ।
आन्दोलनकारीलाई हिंसात्मक बन्न उक्साएर प्रसाईं आफू भने सटरमा लुकेर अर्कै गाडी चढेर प्रदर्शनस्थलबाट भागेको भिडियो सामाजिक सञ्जालमार्फत् सर्वजनिक भएको हो। प्रसाईंले निषेधित क्षेत्र तोडेपछि आन्दोलन भड्किएको थियो।
आन्दोलनमा हिंसा भड्काउन उक्साउने राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा, आन्दोलनरत राजावादी समूहका प्रवक्ता स्वागत नेपाल पक्राउ परेका छन्। आन्दोलनका नाममा अराजक गतिविधि गरेको आरोपमा उनीहरुलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो।
दुर्गा प्रसाईंको भने खोजी भइरहेको प्रहरीले बताएको छ। पक्राउ परेका सबैलाई प्रहरीले डकैती, आगजनी, संगठित अपराध, हत्यासहितका मुद्दा लगाउनेगरी प्रतिवेदन तयार पारिरहेको छ।