काठमाडौं, २० चैत। चैत १५ गते कोटेश्वरमा राजावादीले गरेको प्रदर्शनका क्रममा घर फर्किँदै गरेका विद्यार्थी रेविका खत्री र दिनेश खत्रीमाथि झुक्किएर गोली लागेको बताएको छ ।
प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘ भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको हो। उहाँहरूलाई झुक्किएर गोली लागेको हुनुपर्छ ।’
प्रहरी प्रवक्ता आचार्यका अनुसार लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हुन सक्ने स्पष्टीकरण दिएका छन् ।