मेरिल्यान्ड। अमेरिकाको मेरिल्यान्ड राज्यका राज्य विधायक सदस्य डा।ह्यारी भण्डारीका भाइ कोशिशले यस पटक चुनाव जित्ने कोसिस गरिरहेका छन् । अमेरिकाको मेरिल्यान्डको वाल्टिमोरमा रहेको नेपाली सामाजिक संस्था वानाको निर्वाचन नजिकिए सँगै उम्मेदवारहरूको घरदैलो र चुनावी अभियान आक्रामक रूपमा अगाडि बढेको छ ।आफूले बालेन शैलीमा चुनावी अभियानलाई व्यापकता बनाएको कोशिशले बताए । कोशिशले स्वतन्त्र रूपमा आफ्नो नेतृत्वमा टिम नै खडा गरेर संस्थापनका उम्मेदवारहरूलाई चुनौती दिँदै चुनाव जित्ने लक्ष्य नजिक पुगेको दाबी गरेका छन् । यही ६ तारिकमा वानाको निर्वाचन हुँदै छ । भण्डारीको टिम र अरू २ टिम गरी गरी तिन छुट्टा छुट्टै टिम अहिले निर्वाचनमा होमिएको छ ।
तिन वटै समूहले आ आफूले चुनाव जित्ने दाबी सहित यतिखेर मतदाताको घरघरमा भोट माग्न पुगिरहेका छन् । करिब ४ हजार ८ सय मतदाता रहेको वाना नेपालीहरूको निकै ठुलो संस्थाका रूपमा स्थापित भएको छ । समग्र मेरिल्यान्डका नेपालीहरूलाई समेट्ने गरी बृहत् वानाको अवधारण बनाएर आफू समकालीन , मध्यकालीन र दीर्घकालीन योजना सहित टिम नै खडा गरी निर्वाचनमा होमिएको भण्डारीको दाबी छ । उनले विज्ञ र युवा टिम बनाएर अहिले मतदाताका घरघरमा भोट माग्न पुगिरहेका छन् । मतदाताकोमा पुग्दा निकै उत्साह र हौसला पाएको भण्डारीको दाबी छ । भण्डारी सफ्टवेयर इन्जिनियर हुन् । उनीसँग दाजु ह्यारीको टिममा बसेर सामाजिक काम गरेको राम्रो अनुभव पनि रहेको र उनले वानाको नेतृत्व गर्न पाए भने उदाहरणीय र सफल काम गरेर देखाउन सक्ने उनका सारथिहरूको दाबी छ ।
उनकै टिमकी वरिष्ठ उपाध्यक्षको उम्मेदवार डा। एकता कोइरालाले आफूहरूमाथि मतदाताको विश्वास निकै बढेको र आफूहरूले चुनाव जित्ने दाबी गरेकी छन् । टिम कोशिशमा उपाध्यक्षमा गणेश भट्टराई,महासचिवमा तारा खरेल न्यौपाने, सचिवमा जनक पुन मगर, कोषाध्यक्षमा राजेन्द्र रेग्मी, बोर्ड अफ डाइरेक्टर मा अर्जुन क्षेत्री, डम्मर बस्नेत,डा कृष्ण विष्ट , निर्णय प्रधान र राजिव क्षेत्री उम्मेदवार रहेका छन् ।
इस्वी संवत् २००५ मा स्थापना भएको सामाजिक संस्था वानाले नेपाली समाजको हित र विकासका लागी धेरै कामहरू गरेको छ । संस्थाले आफ्नै भवनबाट नेपाली समाजलाई सेवा गरिरहेको छ । ४ हजार ८०० बढी सदस्य संस्थामा आबद्ध रहेका छन् । वानाको विकासमा सांसद डा। ह्यारी भण्डारीको ठुलो योगदान रहेको अगुवाहरू बत्ताउँछन् । ३ वर्षको कार्यकाल हुने वानामा तीनै वर्षमा गर्ने आफ्नो कार्य एजेन्डा तयार गरेको देखिन्छ ।
भण्डारीले पहिलो वर्षमा विद्यार्थी सहायता केन्द्र स्थापना, सरकारी समन्वय लाई प्रभावकारी, आर्थिक पारदर्शिता,समग्र मेरिल्यान्डमा रहेका नेपालीका सङ्घ संस्था सँग सहकार्य, विकेन्द्रित वाना अवधारण बनाएका छन् । त्यस्तै दोस्रो वर्षमा काठमाण्डौँको विमान स्थलमा मेरिल्याण्डसुचना डेस्क स्थापना,वानामा नेपाली पुस्तकालय स्थापना, व्यवस्थित सदस्यता प्रणाली लागु गर्ने बताएका छन् । त्यस्तै तेस्रो वर्षमा वाना सामुदायिक केन्द्रको स्तरोन्नति र विस्तार, नेपाली सांस्कृतिक संग्राहलय निर्माण लगायतका योजना बनाएका छन् ।
आफ्नो नेतृत्वको टिम वानामा निर्वाचित हुनासाथ नेपालीको रोजाई मा वाना, विश्वविद्यालयमा वाना,नव आगन्तुकका लागी वाना, संस्कार संस्कृतिको संरक्षणमा वाना,नयाँ पुस्ताका लागी वाना,खेल र युवा सँग वाना र बा आमा सँग वाना कार्यक्रम लागु गर्ने पनि उनले बताए । यी सबै कार्यक्रमले समग्र लाई समेट्ने उनको दाबी छ । निकै उत्साहका साथ कोसिस गरेका कोशिश ले आफ्नो कोसिस सफल हुने दाबी गरेका छन् । टिम नै निर्वाचित हुने उनको दाबी छ ।