चितवन, ३० चैत। चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो एक बजे भरतपुर महानगरपालिका २५ स्थित छाताचोकमा ना ५१ प २०४० नम्बरको मोटरसाइकल र बा.प्र.०६–००२ प १३०४ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भरतपुर २७ का ३९ वर्षिय टेक बहादुर पुलामी मगरको मृत्यु भएको हो ।
गम्भिर घाइते भएका मगरको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा १ः५० मिनेटमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै सो मोटरसाइकल दुर्घटनामा परि अन्य चार जना गम्भिर घाइते भएका छन् ।
घाइते हुनेमा भरतपुर २५का विशाल भट्टराई, मोटरसाइकलको पछाडि सवार २० वर्षिय सफल पौडेल, भरतपुर २७का केशरी पुलामी मगर र सोही मोटरसाइकलमा पछाडि सवार १७ वर्षिया सुजिता पुलामी रहेका छन् । गम्भिर अवस्थामा रहेकी केशरीको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने भट्टराई र पौडेलको उपचार भरतपुर अस्पतालमा भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक पुलामी मगरले चलाएको मोटरसाइकलमा तीन जना सवार थिए ।