भण्डारा, ८ वैशाख। पूर्वी चितवनका राप्ती नगरपालिकाे नगर अस्पताल भण्डारा अस्पतालका स्वास्थ्यकर्मी आन्दाेलित बनेका छन् ।
विगत सात महिना अघिदेखि तलव नपाएपछि स्वास्थ्यकर्मीहरुले ओपिडी सेवा बन्द गरेर आन्दाेलनकाे सुरुवात गरेका हुन । गत मंगलबार राप्ती नगरपालिकाका मेयर शमशेर लामालाई ज्ञापनपत्र बुझाउदा तलव नपाए अस्पतालमा आइतबार देखि सेवा ठप्प पारेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका थिए । आन्दाेलित बनेका स्वास्थ्यकर्मीहरुले आकास्मिक सेवा, डेलिभरी, भिटामिन ए र जुकाकाे औषधि तथा भ्याक्सिन सेवालाई सुचारु राखेर ओपिडी सेवा बन्द गरिएकाे अस्पतालका मेसु डा. विनाेद रिजालले जानकारी दिए ।
राप्ती नगरपालिकामा जनप्रतिनिधि बीचकाे बेमेलका कारण लामाे समय देखि बेथिति जारी रहेकाे छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत टिक्न सक्ने अबस्था छैन । सरकारले पठाएकाे हाकीम आएकाे छाेेटाे समय बसेर सरुवा मागेरै जाने गरेका छन् ।
नगरपालिकामा हाकीम नभएका कारण अस्पतालका स्वास्थ्यकर्मीहरुले तलव नपाएका हुन । भण्डारा अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी गरि स्थायी ७ जना, करार १६ जना र ज्यालादारी १६ जना कार्यरत छन् । स्थायीले एक महिना, करारले तीन महिना र ज्यालादारीले ७ महिना देखि तलव नपाएकाे मेसु रिजालले जानकारी दिए । १० बेडकाे उक्त नगर अस्पतालकाे ओपिडीमा दैनिक १५० बढी विरामीकाे उपचार हुँदै आएकाे छ । साे अस्पतालमा ५ जना मेडिकल अफिसर सहित २५ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।