भरतपुर,८ वैशाख। भरतपुर महानगरपालिका वडा नं–२९, जुगेडीस्थित शनिबार बिहान १०ः५५ बजे एक फर्मको एकतले घरको छतबाट लडेर बालक गम्भीर घाइते भएका छन् ।
सदाशिव बहुउद्देश्यीय कृषि फर्म प्रालिमा काम गर्ने गोरखाको आरुखर्क घर भई हाल भरतपुर–२९ मा डेरा गरी बस्ने सोनाम गुरूङको ७ वर्षीय छोरा रोशन गुरूङ सोही फर्मको एकतले घरको छतबाट लडेर गम्भीर घाइते भएका हुन् ।
घाइते बालकको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचारपश्चात् थप उपचारका लागि आइतबार दिउँसो ३ः४८ बजे वीर अस्पताल, काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ ।