सप्तरी, १७ वैशाख। सप्तरी प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषध १ सय ३८ केजी गाजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका वडा नं ३ का अन्दाजी ४३ वर्षीया जयराम दाहाल रहेका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले फत्तेपुरबाट डिमनतर्फ जाँदै गरेको गरेको प्र १– ०२–००३ ह २८३४ नं को अटो र ५८ केजी गाजा सहित दाहाललाई जिल्लाको तिरहुत गाउँपालिका वडा नं २ वडहराबाट र कञ्चनपुर वडा नं २ बरमझियाबाट स १ ह १७ १६ नं अटोबाट ७९.७६ केजी गाजा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
शंका लागेर अटो चेक जाँच गर्दाभित्र लुकाएर राखेको सेतो प्लास्टिकको दुई वटा पोका सेतो बोरा भित्र गाजा बडहराबाट फेला परेको र बरमझियामा अटो भित्र लुकाएर राखेको ३ वटा बोरा,एउटा सुटकेस र एउटा कपडाको झोला सहित अटो फेला परेपनि चालक फरार रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, पक्राउ पर्ने अटो चालक दाहाल र दुबै अटो प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको छ ।