मानिसलाई विभिन्न किसिमका रोगहरूको देखा पर्छन् । शरीरको कुन अङ्गमा कस्तो समस्या देखिएको हो सोही अनुसारको समस्याहरू देखिने गर्छ । छाती सम्बन्धी समस्या छ भने श्वासको समस्या देखिन्छ । मुटुको छ भने मुटु दुखाइ होला । ब्रेनको छ भने बेहोस हुने समस्याहरू देखिएला । फोक्सोको समस्या देखियो भने घ्यारघ्यार होला । त्यसै गरी पेटको समस्या भन्दा पेटको भित्र अङ्गहरूमा समस्या देखिन्छन् । पेटमा पनि लिभर जन्डिसदेखि लिभर क्यान्सरसम्म हुने जटिलताहरू देखिन्छन् । सोही अनुसारको इन्फेक्सन हुने वा घाउहरू हुने गर्छ ।
हामीले सेवन गर्ने खानेकुरा कसरी प्रवाह हुन्छ भन्ने कुराले विशेष अर्थ राख्छ । खाना हाम्रो छातीको भित्रबाट खाना नली अर्थात् भोजन नलीबाट पेटसम्म पुग्छ । पेट भनेको एउटा ब्याग हो । त्यसमा खाना डाइजेस्ट हुन्छ । त्यहाँ केही गडबड भयो भने ग्यास्ट्रिक हुन्छ । त्यो हुने भनेको खानाको नली र पेटको समस्याले हुने हो । त्यहाँ पोल्ने एसिड बढी भयो भने पनि समस्या आउँछ । एसिड नभए खाना पच्दैन । तर त्यही एसिडले बिरामीलाई नोक्सान गर्न थाल्यो भने त्यसलाई ग्यास्ट्रिक भनिन्छ । खाना त डाइजेस्ट भएर तल आन्द्रामा जानुपर्ने हो, ठुलो आन्द्रामा जानुपर्ने हो । तर माथि खाना नलीमा उल्टो ढङ्गले माथिमाथि आउन खोज्ने र अनि पोल्छ । घाउ हुन सक्छ । खाना नली क्यान्सर हुन सक्छ । यो सबै ग्यास्ट्रिकले गर्दा हुन्छ । बिरामीले यस्ता कुराहरू बुझ्दैनन् ।
यो खाना नलीको हो कि पेट दुखाइको हो भन्ने थाहा नपाउन सक्छन् । आन्द्राहरूको हो की लिभरको हो कि त्यसमा क्यान्सर भएर यस्तो भएको हो भन्ने कुरा ठम्याउन बिरामीलाई गाह्रो हुन्छ । धेरै घाउ नै घाउ भएर अल्सर भएको पनि हुनसक्छ । त्यसैले यसका विभिन्न समस्याहरू देखिन सक्छ । टिभी पनि हुन सक्छ । यी सबै कुरालाई बिरामीले ग्यास्ट्रिक नै भन्छन् । उहाँहरूको बुझाइमा पेटमा भएको कुनै पनि दुखाइलाई ग्यास्ट्रिक नै हो भन्ने लाग्छ ।
त्यसैले विभिन्न जाँचहरू गर्नुपर्छ । भिडियो एक्स-रे, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, रगतको जाँचहरू गरेर रोग छुटाउनुपर्ने हुन्छ । ती रोगहरू खाना नलीको हो कि, सानो आन्द्रा ठुलो आन्द्रा, खाना नपच्ने, डाइरिया आदी के हो पत्ता लगाउनुपर्छ । अर्थात् दिसामा रगत मिसिएर आयो भने त्यो कस्तो समस्या हो पत्ता लगाउनुपर्छ । कुन अङ्गको के रोग हो । जाँचेर त्यसलाई हामीले छुटाउनुपर्छ ।
ग्यास्ट्रिकमा हुनुको पछाडि खानपिनको असर पक्कै पनि हो । तर यो विराम धेरै तरिकाले हुनसक्छ र धेरैतिर असर पनि गर्छ । मस्तिष्कको रोग हुन सक्छ । कसैको मुटुमा समस्याहरू देखिन सक्छ । कसैले क्यान्सरको जिन लिएर आएको हुन्छ । तर यो ग्यास्ट्रिकको विश्वभर नै छ ।
यी कुराहरू मैँले अस्ट्रेलियाको विश्वविद्यालयमा पढेर थाहा पाएको हुँ । सरकारले नै छात्रवृत्ति दिएर पठाएकाले म माथि सरकारको पनि ठुलो लगानी छ । त्यसैले पनि देशको लागि केही गरौँ भन्ने लागिरहन्छ । ग्यास्ट्रिकको समस्या सबै ठाउँमा भए पनि नेपालमा केही बढी नै छ । खानपानको कुरा गरिरहँदा नेपालमा रक्सी सेवनबाट हुने असरका बारेमा नेपालीहरू सजक छैनन् । अनियन्त्रित रक्सी सेवन गर्ने चलन छ हामीकहाँ । रक्सी त अरू देशमा पनि खान्छन् तर उनीहरूको सजक छन् । रक्सीले असर गर्न थाल्यो भने, लिभर वा रगतमा असर देखिन थाल्यो भने कतिपयले रक्सी सेवा छाडिदिन्छन् । तर नेपालमा रक्सी नछाड्ने चलन छ । ग्यास्ट्रिक मात्र भनेर रक्सी सेवन गरिरहने तर लिभर फेल भइसकेको ख्याल नगर्ने चलन छ । त्यसपछि मान्छे बेहोस हुने, बान्ता भएर रगत निकाल्न थाल्ने भएकाले त्यो खतरा हुन थाल्छ ।
त्यस्तै हामी स्पाई सी खानेकुरा धेरै खान्छौँ । त्यसले रोगी त बनाउने नै भयो ग्यास्ट्रिक पनि असर देखाउन थाल्छ । अर्को कुरा भनेको पानीमा हाई जिन जियाडियाको इन्फेक्सन धेरै हुन्छ । धेरै पटक जियाडिया हुने भएकाले इन्फेक्सन देखिन्छ । दुखाइ बढी हुन्छ र ग्यास्ट्रिक बढ्छ । हामीले त्यसमा ध्यान दिँदैनौँ । जियाडियाको उपचार गर्यो भने तुरुन्तै ठिक हुन्छ तर त्यो हुँदैन ।
आमा दूध अमृत हो नि । तर त्यही दूध खाएर खाना नलीमा एसिड माथि फर्किएको मान्छेले दूध खाँदा छटपटिँदो रहेछ । त्यसैले त्यस्तो व्यक्तिले खान हुँदैन । तर यस्तो होइन कि दूध कुनै बिरामीले खान हुँदैन । त्यसैले नेपालमा खानपिनले पनि फरक पार्ने गरेको छ । तर मोटामोटी विश्वभर जे छ ग्यास्ट्रिकको रोग हाम्रोमा पनि त्यस्तै नै छ ।
ग्यास्ट्रिक नहुने कोही नेपाली छैन भन्ने उखान नै छ । ग्यास्ट्रिक भएर अल्सर भयो मानौँ रगत निस्कियो या आन्द्रा फुट्यो, आन्द्रा ब्लक भयो या ठुलो आन्द्रा फुल्यो भने त्यो खतरा हुन्छ । उमेर समूह अनुसार फरक पार्छ । दिसामा रगत मिसिने समस्या बच्चाहरूमा धेरै देखिन्छ । उमेर अनुसार १५–२५ समूहमा धेरै हुन्छ । त्यसपछि फेरी ६०–७० को उमेर समूहमा हुन्छ । लिभर क्यान्सर, पित्त थैलीको क्यान्सर प्राय कम उमेरमा हुँदैन । ६०–८० को उमेरमा हुन्छ । तर पछिल्लो समय २०–२५ वर्षको उमेरमा क्यान्सरहरू देख्न चाहिँ थालेको छौँ । सायद त्यो खानपिनकै कारणले होला । चिल्लो कम खाने गर्नुपर्छ । हामीले खाने भात दाल तरकारी धेरै राम्रो छ । बिस्तारै मःम मन पर्ने खाना हुन थाल्यो । कहिलेकाहीँ मःम खायो, सँगसँगै भात दाल तरकारी खायो भने राम्रो हुन्छ । तर चिप्लोचाप्लो मासु खायो भने आन्द्रामा असर पर्दै जान्छ । बुढो उमेरमा क्यान्सर हुने, बच्चाहरूमा जियाडिया इन्फेक्सनहरू बढी हुने गर्छ । यसरी उमेर अनुसार फरक छ ।
ग्यास्ट्रिक हुनै नदिन वा लिभरमा हेपाटाइटिस ‘बि’,‘सी’, भाइरस जन्डिस हुनबाट रोक्नपर्छ । ग्यास्ट्रिकको असर कम गर्न खानपिनमा ध्यान दिने, पानी निरन्तर पिउने गर्नुपर्छ । एकै पटक धेरै पानी पिएर पनि हुँदैन । तर समय समयमा पिइरहनुपर्छ र त्यसले एसिडलाई पुस गर्न सक्छ । हरियो सागसब्जी एवम् फलफूलहरू खाने गर्नुपर्छ र पेट धेरै समय खाली राख्नु हुँदैन ।
ग्यास्ट्रिकले आन्द्राहरूमा घाउ हुने, आन्द्राभूडिबाट बाहिर निस्केर पित्त नलीलाई बिगार्ने काम गर्छ । लिभरलाई बिगार्न थाल्छ । आँखालाई बिगार्न थाल्छ । त्यसले हाम्रो छालालाई बिगार्न थाल्छ । हाम्रो जोइन्टहरुलाई बिगार्न थाल्छ । सिस्टेमिक इफेक्ट देखिन्छ । क्यान्सर भयो भने अन्त फैलिएर जान सक्छ । लिभरमा फैलिएर आउँछ अरू अङ्गमा पनि फैलिएर जान सक्छ । लिभर नै फेल भयो भने किड्नी बिग्रन थाल्छ । मस्तिष्कमा असर पर्छ ।
बेहोस हुने समस्याहरू देखिन थाल्छ । मस्तिष्कमा, मुटुमा पनि असर हुन थाल्छ । फोक्सोमा असर पर्छ र अक्सिजन दिन अप्ठ्यारो हुन सक्छ । मुटुको शक्ति कमजोर हुन थाल्छ । मसल्सहरु कमजोर हुन सक्छ । पेटमा पानी जम्मा हुन सक्छ । यसरी पेटको बिरामी पेटमा नै बस्दैन । पूरै शरीरमा असर गर्न सक्छ ।
उपचारमा औषधी सेवन गर्नुपर्छ । एसिड घटाउने एन्टाएसिडहरु छन् । ब्याक्टेरियाका रूपमा अल्सर ब्याक्टेरिया, हेलिकोब्याक्टर, पाई लोरी ब्याक्टेरिया मार्ने यान्टिबायोटिक पाइन्छ । एमासोक्लिसलिनहरु छ, प्रोटोन पोम्प एनिभिटरहरु छ, अरू किन्डाजोरहरु छ । त्यो औषधि दुई हप्ता सेवन गर्यो भने धेरै सहज हुन्छ । ब्याक्टेरिया मरेपछि अल्सर नै हुँदैन र ठुलो ठुलो अपरेसन नै रोकिन्छ । एउटा उपचार पद्धति त्यो पनि हो । अर्को लिभरको हेपाटाइटिस ‘बि’ को राम्रो उपचार हुने गरेको छ । हेपाटाइटिस बि को कारण लिभर बिग्रियो उपचार गरेन भने मृत्यु हुन्छ । तर ट्याब्लेटले पुरै ठिक नहोला तर कन्ट्रोल हुन्छ । अहिले हेपाटाइटिस ‘सी’ भन्ने भाइरस छ त्यसको औषधि ३ महिनादेखि ६ महिना सेवन गर्दा पुरै निको हुन्छ ।
अनइन्टाफेलिमिटि सलाइमिनहरु छन् तिनीहरूले पनि कन्ट्रोल गर्छन् । अझै भएन भने इन्फ्याक्सिमालगायत धेरै ड्रगहरू छन् । पहिले अपरेसनबाट मात्र हुन्थ्यो अहिले ट्रिटमेनबाटै हुन्छ । अर्को मेसिनको प्रविधि छ खाना नलीमा राखेर रगत बगिरहेको बन्द गर्न सकिन्छ । पुरै छाती चिर्ने र पेट चिर्न जरुरी छैन । सिधै मेसिनबाट फिट गर्न सकिन्छ । क्यान्सर तीव्र गतिमा फैलिएको छैन भने निकाल्न सकिन्छ । खाना अड्किएको छ भने पहिले चिर्नुपर्थ्यो अहिले इन्डोस्कोपिबाट मसल काटेर गरिन्छ ।
एडभान्स रूपमा एआरसी मेसिनमार्फत पनि उपचार गर्न सकिन्छ । अस्ट्रेलियामा ०९१÷९२ मै लिभर ट्रासप्लाट हुन्थ्यो । तर नेपालमा यस्तो सिस्टमको विकास होलाजस्तो लागेको थिएन । तर अहिले ११ जनाको खतम भइसकेको लिभर झिकेर आफन्तले आधा लिभर दिएकाले फिट छन् । लिने पनि फिट छन्, दिने पनि फिट छन् । टिभी रोग पनि समयमै पहिचान गर्यो भने ६ महिनादेखि एक वर्षसम्म औषधि सेवन गरे ठिक हुन्छ । रोग पहिचान गर्न पनि मेसिन, ट्याब्लेट, इन्जेक्सन, अपरेसनबाट गर्न सकिन्छ । खाना कन्ट्रोल गर्न सकिँदैन तर अल्कोहलबाट बच्नुपर्छ । अल्कोहल हाम्रो शत्रु हो । फास्ट फुड, मसाले दार खानाले पनि असर गर्छ । खानेकुरामा हाम्रो परम्परा दाल, भात, तरकारीलाई प्रयोग गर्नुपर्छ । फास्ट फुड प्रयोग गर्नुपरे नियमित नहोस् भन्नेका सचेत हुनुपर्छ ।
ग्याष्टिक भनेको एक सय प्रतिशत पूरै ठिक हुँदैन । तर ठुला रोगहरू मिस गर्नु भएन । क्यान्सरहरू, अल्सरहरू, कोजडिजिड मिस गर्नु भएन । त्यसपछि पोल्ने, दुख्ने भएपछि बिरामीलाई सचेत गराइ बुझाउनुपर्छ । पोल्यो, दुख्यो धेरै भयो भने ट्याब्लेट एसिड घटाउने गर्नुपर्छ । पानी पिएर मिलाउन सकिन्छ ।
डा.सिताराम चौधरी(पेट तथा पाचन प्रणाली विशेषज्ञ)