Chitwan Aawaj

वर्षापछि हेटौंडा–काठमाडौं जोड्ने दुई सडक सञ्चालनमा

बागमती, २० असोज  । अविरल वर्षाका कारण अवरुद्ध भएका हेटौंडा–काठमाडौं जोड्ने दुई सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएका छन्। सडकमा खसेको पहिरो पन्छाएपछि हेटौंडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौंडा–पालुङ–नौबिसे सडक खण्ड अब सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिएका छन्।

तर, भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ अझै सञ्चालनमा आउन सकेका छैनन्। भीमफेदी–कुलेखानी–सिस्नेरी सडक खण्डमा डोढारे खोलाले सडकको केही भाग बगाएको छ भने दक्षिणकाली मन्दिर नजिकै पहिरो गएर सवारीसाधन सञ्चालनमा बाधा पुगेको छ। बगेको सडक पुनर्निर्माण र पहिरो पन्छाउने काम जारी छ।

त्यसैगरी, कान्ति लोकपथमा पर्ने बगुवा खोलासम्म पहिरो खसेर सडकको केही भाग बगाएको छ। प्रहरीले ठाउँठाउँमा खसेको पहिरो पन्छाउने र सडक मर्मतको काम तीव्र पारिएको जानकारी दिएको छ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.