Chitwan Aawaj

कारले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

चितवन, २० असोज । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलमा आज बिहान कारले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बा प्र ०१–०३३ च २६२७ नम्बरको कारले ग २३ प ३०९२ र बा प्र ०६–००१ प ९३९१ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कास्की पोखरा–११ का ३६ वर्षीय राजु आचार्य, गोरखा भीमसेन थापा गाउँपालिका–१ का ५६ वर्षीय खड्गप्रसाद पौडेल र उनकी पत्नी ४५ वर्षीया रेखाकुमारी पौडेल घाइते भएका हुन् ।

घाइतेहरूलाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । दुर्घटनामा संलग्न कार चालक धनुषा मिथिला बिहारी नगरपालिका–१० का ३७ वर्षीय रामनारायण यादवलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको छ ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.