
भरतपुर, २१ असोज । भरतपुर महानगरपालिका–१६ फुर्तिचोकका ५५ वर्षीय गोपाल शर्मा पौडेललाई नारायणी नदीले बगाउँदा मृत्यु भएको छ । आज बिहान करिब ७ बजे भगेरीथानस्थित नदी किनारमा जमरा सेलाउने क्रममा उनी नदीमा बगेका थिए ।
ना ६१ प ४९३६ नम्बरको स्कुटरमा पुगेका पौडेलको खोजीका लागि वडा प्रहरी कार्यालय नारायणगढको विपद् व्यवस्थापन टोली खटिएको थियो । प्रहरीले पौडेलको शव सानोगढी किनारमा फेला पारेको र परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको जनाएको छ।
