Chitwan Aawaj

नुवाकोटबाट आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

नुवाकोट, २२ असोज । आफ्नै श्रीमती ४९ वर्षीया सविना तामाङको हत्या गरेको अभियोगमा नुवाकोटको शिवपुरी गाउँपालिका-७ सुनखानी ठुलापाटा बस्ने ५० वर्षीय जितमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जितमानले घरायसी विवादको क्रममा खुकुरी प्रहार गरी सविनाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

By चितवन आवाज

सम्बन्धित पोस्टहरू

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.