
काठमाडौँ, १ कात्तिक । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीका विभिन्न स्थानमा दुई महिनासम्म भेला, धर्ना, जुलुस र प्रदर्शन गर्न निषेध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा शुक्रबार जारी आदेशअनुसार पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने उल्लेख गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी आदेश अनुसार राष्ट्रपति कार्यालय शीतल निवास, सिंहदरबार, बालुवाटार, नारायणहिटी दरबार संग्रहालय, लैनचौर, सामाखुशी र आसपासका क्षेत्रमा विरोध कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको हो ।
प्रशासनले शान्ति सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम गर्न सर्वसाधारणलाई आदेशको पालना गर्न आग्रह गरेको छ ।
