नाराबाजीका बिच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गनतव्य तर्फ पठाएको थियो । सहकारी पीडितको विरोध पश्चात रास्वपाका कार्यकता बिच सामान्य झडपको सृजना भएको मुग्लिनका पत्रकार रोहिणी त्रिपाठीले जानकारी दिए । प्रहरीले ठुलो झडप हुन दिएन । प्रर्दशन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो । चितनवमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिव १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ । उनीहरुले पटक पटक रविलाई भेट गरेर समस्या समाधान गर्न आग्रह गरेपनि बचत फिर्ता पाएका छैनन् ।