जनता भेट्नुभयो ओली जी ?

पुर्वप्रधानमन्त्री ओलि भन्नुहुन्छ ” मैले अस्ति चितवन गएर चितवन का जनता लाई भेटेको छु देख्नुभएन ?” यत्रो घमण्ड ? को जनता भेट्नुभयो पुर्व प्र.म ज्यु , कृषि विश्वविद्यालय को ल्गजरी सेमिनार हल भित्र २ जना पत्रकार ल्याएर प्रश्न उत्तर गरेर कार्यक्रम गर्दैमा जनतालाइ भेटेको हुन्छ ? अझ के रे के रे? चितवनका किसान को समस्या बारे अन्तरकृया गरे रे?

साँच्चिकै किसानको समस्या बुज्ने भए पश्चिम चितवनको शुक्रनगर मेघौली साथै माडीका क्षेत्रहरुका गाउँका चोक चोकमा किसानलाई बोलाएर समस्या बुझ्न सक्नुभो ? वास्तविक किसानहरुलाई भेट्नुभयो ? मलको अभावमा निन्द्रा त्यागेर अहोरात्र खट्ने ती कयौ किसानहरु सङ्ग साक्षातकार गर्नुभो ? विश्वविद्यालयको त्यो महङ्गो र लग्जरी हलमा तपाईं आएर कार्यक्रम गरेको यहाँका कोहि किसान लाई अत्तोपत्तो समेत छैन ! त्यहाँ त तपाईं का पार्टी का झोले र तपाईं का विद्यार्थी सङ्ग्ठनका केटाहरु थिए र केही मात्रमा विश्वविध्यालयमा विध्यार्थीहरु थिए ! कहाँ थिए हाम्रा किसान ?

गएको स्थानिय चुनावमा महानगरको मेयर पदको उम्मेदवार भएका प्रविन काफ्ले दाइ जो कयौ समय देखि महानगरभित्रका विभिन्न गाउँहरुमा पुगेर भ्याइ नभ्याइ उत्पिडित वर्ग र किसानहरुको समस्या सङ्ग प्रत्यक्ष रुपमा साक्षातकार गर्दै हिडिराख्नु भएको छ । उहाँ सङ्ग केहि सिक्नुस अनि ठुला कुरा गर्न सुहाउला बल्ल !