ठमेलमा पर्यटकलाई ठगेको आरोपमा दुई पक्राउ

ठमेलमा पर्यटकलाई ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पर्यटक प्रहरी ठमेलले दुई जनालाई पक्राउ गरेको जनाएको छ।

पर्यटकलाई ठगिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि पर्यटक प्रहरीले अनुसन्धान अघि बढाएको थियो। 

उक्त अनुसन्धानबाट खुलेका दुई जनालाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सोह्रखुट्टेलाई बुझाएको छ। 

प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *