चितवन । अत्यधिक गर्मी बढेपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालय पाँच दिनको लागि बन्द भएका छन् ।
खैरहनी नगरपालिकाले स्थानीय बिदा कटौती हुने गरी एक दिन र बर्षे बिदाबाट कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २५ गतेसम्म पाँच दिन विद्यालयहरु बिदा गरेको हो । नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकोले बिदा दिनु परेको जनाएको छ ।...