राशिफल

२०८० जेठ १३ गते शनिबारको राशिफल

२०८० जेठ १३ गते शनिबारको राशिफल

राशिफल
जेठ २०८०, शनिवार जेठ शुक्ल सप्तमी पञ्चाङ्ग: व्याघात वणिज मघा मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि हुनेहरुको लागि आज पढाईमा उचित ध्यान दिंदा विद्यार्थीले राम्रो परिणाम प्राप्त गर्न सक्छन् भने प्रेम तथा पारिवारिक जीवन पनि आज राम्रो रहन सक्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। आफन्तसँग मनमुटाव हुन सक्छ । यात्रा गर्दा विशेष सतर्क हुनुपर्नेछ । राजनीति तथा समाज सेवामा जनताको आलोचना हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज छाती दुख्ने तथा पाचनप्रणालीमा गडबडी आउँन सक्छ। सवारी साधनबाट चोट लाग्न सक्ने सम्भावना रहेकाले प्रयोग गर्दा ध्यान दिनुहोला। प्रेम जीवनमा अविश्वास देखा पर्न सक्छ।  प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुँदा समयमा काम सकाउन मुस्किल पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशि भएकाहरूका लागि आज  शत्रुहरु पर...