Tag: तमु ल्होसार

राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

Banner 1, प्रमुख समाचार, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ काे अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएकाे छ । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्वले आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएकाे हाे । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धिका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्धत पुग्नेछ विश्वास व्यक्त गर्नुभएकाे छ । राष्ट्रपति पौडेलले नेपालको सांस्कृतिक परम्पराको संरक्षण तथा सम्वद्र्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत आर्थिक र सामाजिक...
तमु ल्होसारको अर्थ र धार्मिक महत्व

तमु ल्होसारको अर्थ र धार्मिक महत्व

विचार
विनाेद अधिकारी । ‘तमु’ भनेको गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो । शाब्दिक रूपमै स्पष्ट छ कि गुरुङ समुदायको नयाँ वर्षलाई नै तमु ल्होसार भनिन्छ । ‘पे म्ह्स्या, छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु, ल्हु म्ह्स्या म्हि म्हमु’ शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ भन्ने तमु समुदायको मूल नारा छ । यसपटक तमु गुरुङ समुदायले ’हिल्हो’ (बिरालो वर्ग) को बिदाइ गर्दै गिद्ध (मि–ल्हो) को स्वागत गरेर भव्य रूपमा मनाउने छन् । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले नयाँ वर्षको पहिलो दिन मानी ल्होसार मनाउने हुँदा यस दिनलाई तमु ल्होसार भनिएको हो । तमु ल्होसारदेखि गुरुङ समुदायको नयाँ संवत् प्रारम्भ हुन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक ...