
भारत जानुअघि प्रचण्डको संकल्प : नराम्रो गरेर नआउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताएका छन् । नभए नराम्रो चाहिँ नगर्ने उनले बताए ।
माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जान लागेको बताए ।
ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उनले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताए । बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने उनको भनाइ छ । उनले अघि भने, ‘पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको छ । त्यसलाई मात्र ठिक ढंगले खुलाउन सक्ने हो भने राम्रो गर्छ ।’
ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पु¥याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा पनि र...