Author: चितवन आवाज डेस्क

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न

Banner 1, चितवन बिशेष, प्रमुख समाचार
काठमाडौँ । सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको छ । भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत, जिल्ला सुरक्षा समितका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारीरु र स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १७ गण चितवन, नं. १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट लाइफ बोट थ्रो ब्याग जस्ता विपद् सामाग्रीको प्रयोग गरी नदिमा बगिरहेका व्यक्तिहरुको उद्धार तथा नारायणी पुलबाट स...
१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री

१६औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ- प्रधानमन्त्री

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् । “पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।” आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिक...
ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित

ऋषि धमलाको फिल्ममा कमब्याक, ‘भाइरल गोर्खे’ मा अनुबन्धित

मनोरञ्जन, समाचार
काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्  । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन् । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् । उनले यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका थिए । ‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ । फिल्म लमजुङ बाहेक गोरखा र चितवनमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।...
घट्यो सुनचाँदीको मुल्य

घट्यो सुनचाँदीको मुल्य

Banner 1, आर्थिक, प्रमुख समाचार
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २ सयले घटेर १ लाख ३५ हजार ८०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३६ हजारमा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३५ हजार ३५० मा कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मुल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि बुधबार चाँदी तोलाको १६ सय ७० मा कारोबार भएको थियो ।...
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु 

बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु 

banner-2, प्रमुख समाचार, समाचार
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एकजना तीर्थयात्रीको मृत्यु भएको छ। राप्ती– २ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका– २ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट मृत्यु भएको हो । उक्त बसले उनलाई ओर्लने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेजमा उपचारको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्रीराम भण्डारीले बताए । ठक्कर दिने बस र त्यसका चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका– १८ बस्ने वर्ष ४१ का कृष्ण सापकोटालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया प्रारम्भ गरिएको उनले जानकारी दिए । ...
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा

तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा

Banner 1, प्रमुख समाचार
तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताए । उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका छ/छ वटा सामुदायिक वनमा डढेलो लागेको थियो । त्यसैगरी ऋषिङ गाउँपालिकामा चार वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई/दुई र शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको...
चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर

चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर

banner-2, चितवन बिशेष, समाचार
चितवन । शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन । उनले इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र फर्कने गर्छन् । धेरै वर्षसम्म उनलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपर्थ्यो । युवा इन्जिनियर सुनिल परियारले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो । परियारको अनुसन्धान समूहले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएका हुन् । शिक्षक बम्जनले इलेक्ट्रिक ह्विलचियरले जीवनशैलीमै परिवर्तन भएको बताए। उनले भने, नयाँ ह्विलचियरले स्कुटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ । युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला ल्याब सञ्चालन गरी ह्विलचियर निर्माण र अनुसन्धानको काम गरिरहेका छन् । ९ वर्षदेखि ह्विलचियर निर्माण र म...
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ- प्रधानमन्त्री

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ- प्रधानमन्त्री

Banner 1, राजनीति, समाचार
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे । “भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।” उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यल...

नेबिसंघको १२ औं महाधिवेसन आगामी पुसमा

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं, २३ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ ।आगामी २०८१  पुस मसान्तभित्र १२ औं महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रिय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।  ...
भरतपुर महानगरपालिकाले गर्यो निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

भरतपुर महानगरपालिकाले गर्यो निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

Banner 1, चितवन बिशेष, समाचार
चितवन । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो । महानगरले ऊर्जा क्रशव जेभी, कास्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी र बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाको योजना शाखाका प्रमुख इ सन्तोष आचार्यका अनुसार सिफारिस गरिएकामध्ये कास्यप अर्भान जेजीलाई एक वर्ष छ महिना कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नआए छ महिनादेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको छ ।...