Author: चितवन आवाज डेस्क

तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा

तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा

Banner 1, प्रमुख समाचार
तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो । डढेलोका कारण साढे दुई महिनाको अवधिमा एक सय सत्र दशमलव तीन हेक्टर क्षेत्रफलमा आगलागी भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । जिल्लाका १० पालिकामध्ये सात पालिकामा आगलागी हुनबाट जोगिएको छ । आँबुखैरेनी, घिरीङ र भानु नगरपालिका डढेलो लाग्नबाट बचेको डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । समयमा आगो नियन्त्रणमा लिन सकिएका कारण वनमा बढी क्षति हुनबाट जोगाउन सकिएको उनले बताए । उनका अनुसार व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाका छ/छ वटा सामुदायिक वनमा डढेलो लागेको थियो । त्यसैगरी ऋषिङ गाउँपालिकामा चार वटा सामुदायिक वनमा डढेलो लागेको छ भने बन्दीपुर, भीमाद, देवघाटमा दुई/दुई र शुक्लागण्डकीको एक सामुदायिक वनमा आगलागी भएको...
चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर

चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर

banner-2, चितवन बिशेष, समाचार
चितवन । शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन । उनले इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र फर्कने गर्छन् । धेरै वर्षसम्म उनलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपर्थ्यो । युवा इन्जिनियर सुनिल परियारले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो । परियारको अनुसन्धान समूहले उनका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएका हुन् । शिक्षक बम्जनले इलेक्ट्रिक ह्विलचियरले जीवनशैलीमै परिवर्तन भएको बताए। उनले भने, नयाँ ह्विलचियरले स्कुटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ । युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला ल्याब सञ्चालन गरी ह्विलचियर निर्माण र अनुसन्धानको काम गरिरहेका छन् । ९ वर्षदेखि ह्विलचियर निर्माण र म...
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ- प्रधानमन्त्री

भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ- प्रधानमन्त्री

Banner 1, राजनीति, समाचार
चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् । भरतपुर अस्पतालको ६८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार एवं मानवीय विकासका बहुआयमिक क्षेत्रमा भरतपुरले निरन्तर प्रगति हासिल गर्दै गएको उल्लेख गरे । “भरतपुर शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास लगायतका विविध क्षेत्रमा देशकै आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवाका साथै यस क्षेत्रमा आवादी, खेतीयोग्य जमिनको विस्तार एवं सहरीकरणका निम्ति गुणात्मक योगदान प्रगति गरेको छ ।” उनले केही दशक अगाडि घना जङ्गल र झाडीहरूले भरिएको, जङ्गली जनावर र विषालु जीवजन्तुहरूको प्रकोप रहेको परिस्थितिमा मानव स्वास्थ्यल...

नेबिसंघको १२ औं महाधिवेसन आगामी पुसमा

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं, २३ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ ।आगामी २०८१  पुस मसान्तभित्र १२ औं महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रिय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।  ...
भरतपुर महानगरपालिकाले गर्यो निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

भरतपुर महानगरपालिकाले गर्यो निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारीस

Banner 1, चितवन बिशेष, समाचार
चितवन । भरतपुर महानगरपालिकाले छ ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो । महानगरले ऊर्जा क्रशव जेभी, कास्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी र बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको छ । महानगरपालिकाको योजना शाखाका प्रमुख इ सन्तोष आचार्यका अनुसार सिफारिस गरिएकामध्ये कास्यप अर्भान जेजीलाई एक वर्ष छ महिना कालोसूचीमा राखिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो स्पष्टीकरण नआए छ महिनादेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको छ ।...
खाम पुर्पक्षका लागि कारागार चलान

खाम पुर्पक्षका लागि कारागार चलान

banner-2, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको  थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । व्यापारी श्रेष्ठको २०६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो । शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षकाे कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् । खामलाई गत मंगलबार प्रहरीले काठमाडौँको ...
नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी

शिक्षा, समाचार
काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्रका संस्थागत विद्यालयहरुलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न साता दिनको समय दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै महानगरले अधिकांश संस्थागत विद्यालयहरूको नाम, कानुनी प्रावधानको प्रतिकुल देखिएको भन्दै त्यस्ता संस्थागत विद्यालयहरूले सात दिन भित्र नाम परिवर्तन गर्न आग्रह गरेको छ । साथै महानगरले सात दिन भित्र नाम परिवर्तन नगरेमा विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएको छ । महानगरले भनेको छ-  शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको म...
विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने

विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने

Banner 1, चितवन बिशेष, समाचार
चितवन। हरेक वर्ष चैते दसैँको अवसर परेर लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र राप्ती किनारामा लाग्ने मेलाको यसअघि स्थानीय सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएकामा यस वर्षदेखि महानगरले व्यवस्थापन गर्ने भएको हो । मेला व्यवस्थापनका लागि महानगरका उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा सात सदस्यीय पूजा व्यवस्थापन मूल समिति गठन गरिएको छ । समितिमा जिल्ला प्रशासन कार्यालय, महानगर–२३, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि रहेका भरतपुर-२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए । उनका अनुसार समितिको सदस्यसचिवमा महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्याल रहेका छन् । मेला व्यवस्थापन तयारीका लागि वडाध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमिति समेत गठन गर...
रत्ननगरमा समाजवादी परित्याग गरी १९ जना एमालेमा प्रवेश

रत्ननगरमा समाजवादी परित्याग गरी १९ जना एमालेमा प्रवेश

चितवन बिशेष, प्रमुख समाचार, राजनीति, समाचार
रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा नेकपा एकीकृत समाजबादी परित्याग गरी १९ जना एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले रत्ननगर वडा नं ९ वडा कमिटीले बुधबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा समाजबादीका नगर सचिवालय सदस्य मनबहादुर थापामगर सहित सो वडाका १९ जना एमालेमा प्रवेश गरेको एमालेका नगर कमिटी अध्यक्ष इश्वरीप्रसाद अर्यालले जानकारी दिए । पूर्व जनप्रतिनिधि समेत रहेका थापामगरको नेतृत्वमा रामसिंह चौधरी, गायत्री विक, भीम बहादुर थापामगर, सरस्वती बुढाथोकी, टंक प्रसाद सुवेदी, जनबहादुर दराई, रमेश कुमाल, सिताराम महतो(पुसना),नारायण पराजुली, सीता दराई, अंजु पराजुली, मणिराम महतो, आइतराम कुमाल, सुयोग लामिछाने, मनिष लामा,प्रकास कुमाल, शान्तिचौधरी, शुष्मा श्रेष्ठ लगायत १९ जना एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री...
शहरी विकासमन्त्री बुढा र बालेनबीच भेटवार्ता

शहरी विकासमन्त्री बुढा र बालेनबीच भेटवार्ता

प्रमुख समाचार, समाचार
काठमाडौ । शहरी विकास मन्त्रालय धनबहादुर वुढा  र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ । शहरी विकास मन्त्री बुढा र काठमाण्डौका मेयर  शाहबीच मंगलवार सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको हो । तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन हुने गरि बन्चरेडाडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्वोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि वढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडावाट  शुन्य फोहोर कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए । भेटमा मेयर शाहले बन्चरे डा“डास्थित ल...