Author: चितवन आवाज डेस्क

भरतपुरमा अज्ञात समूहद्धारा स्कुल बसमा आगजनी

भरतपुरमा अज्ञात समूहद्धारा स्कुल बसमा आगजनी

Banner 1, चितवन बिशेष, समाचार
चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बसमा ६ जनाको समूहले आगजनी गरेर भागेको विद्यालयले जानकारी दिएको हो । बस जलेर पूर्ण रूपमा क्षति भएको छ । तीन वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । उनीहरू सबै फरार छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा आगो निभाउन र थप अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको जनाएको छ ।...
गृहमन्त्री लामिछाने भन्छन्, जीबि राईलाई अघिल्लो सरकारले भगायो

गृहमन्त्री लामिछाने भन्छन्, जीबि राईलाई अघिल्लो सरकारले भगायो

Banner 1, चितवन बिशेष
चितवन । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् । शनिबार विहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राइलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउदै 'भगाएको मान्छे' लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् । जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भने- 'भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।' त्यसपछि त्यसो भए कसले भगायो ? भन्ने प्रश्नमा उनले भने- 'भाग्दाखेरी सरकारमा को थियो ?' उनले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले संसद्‌मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो गरेका थिए ।...
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने

गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश, जेठ ८ गते अन्तिम सुनुवाई हुने

प्रमुख समाचार
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी  नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ ।...
त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

प्रमुख समाचार, समाचार
काठमाडौं, २८ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्। लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो। उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ। ब्रासलेट र औँठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनको साथबाट बरामद भएको छ। पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।...
भरतपुर महानगरमा चल्यो ब्रुमर

भरतपुर महानगरमा चल्यो ब्रुमर

banner-2, प्रमुख समाचार, समाचार
भरतपुर । भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ । महानगर प्रमुख रेणु दाहालले सामाजिक सञ्जालमार्फत भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न सुरु गरिएको जानकारी दिइन् । प्रमुख दाहालले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ’।...
वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

Banner 1, चितवन बिशेष, समाचार
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् । चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मृत भेटिएका गैँडामध्ये सातवटा भाले, सातवटा पोथी र पहिचान नभएका सातवटा रहेका छन् । गैँडा दलदलमा फसेर, आपसमा जुधेर, बुढो भएर, बाघको आक्रमणबाट, चोरी सिकारी गर्नेबाट, मानवीय गतिविधि, र करेन्ट लागेर मर्ने गरेका छन् । सङ्ख्या बढेपछि बासस्थानका कारण गैँडा मर्ने क्रम बढेको उनले बताए । उनले भने, “घाँसेमैदान र सिमसार क्षेत्रको व्यवस्थापन गर्नसके गैँडा संरक्षणमा सहयोग पुग्छ ।” यसका लागि निकुञ्जले नयाँ सिमसार क्षेत्रको व्यवस्थापन, पुरानाको मर्मत र घाँसेमैदान व्यवस्थापन गरिरहेको उनले बताए । गत आर्थिक वर्षमा १३ वटा भाले, सातवटा पोथी र एउटा पहिचान हुनसकेको गैँडा मरेको थ...
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

समाचार
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती  प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा  हल्का हिमपातको सम्भावना रहेको  छ । त्यस्तै आज राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर...
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८: ३० बजे बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकले आज देखि शुरु हुने संसदको बजेट अधिवेशनमा खेल्ने भूमिका बारे छलफल गर्ने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ । यसअघि बिहीबार बस्ने भनिएको बैठक पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको थियो ।...
वैशाख २८ गतेको वैदिक राशिफल। तपाईको दिन सुभ रहोस् ।

वैशाख २८ गतेको वैदिक राशिफल। तपाईको दिन सुभ रहोस् ।

राशिफल
आजमिति २०८१ साल वैशाख २८ गते शुक्रबारको तदअनुसार मे १० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको तृतीया तिथी, रोहिणी नक्षत्र, । अतिगण्ड योग । चन्द्र राशि वृष । यो अशुभ योग हो । अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१८ • सुर्यास्त: बेलुका ०६:४४ बजे   वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)   आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । शुभ रगं : कालो शुभ अंक : ८   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी दे...
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

Banner 1, चितवन वरिपरि, प्रमुख समाचार, समाचार
चितवन — नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी धमाधम काम भइरहेको छ । यो खण्डका १५ पुलमध्ये ११ वटा सञ्चालनमा छन्भने चार वटा निर्माणाधीन छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर कृष्ण आचार्यका अनुसार मुग्लिन बजार नजिकैको खहरे, नाम्चे, कालीखोला र तुइन खोला पुलबाहेक अन्य पुल सञ्चालनमा आइसकेका छन् । निर्माण भइरहेका चार पुलमा तीन वटाको पहुँच सडक निर्माणको काम जारी छ । यी दुई पुल असार मसान्तभित्र सञ्चालनमा ल्याउने गरी धमाधम काम भइरहेको उनले बताए । खहरे खोलामा निर्माण गरिएको पुलका लागि पहुँच सडक निर्माण गर्न अग्लो पर्खाल उठाउनुपर्ने भएकाले धेरै समय लाग्ने भएको हो । इन्जिनियर आचार्य कात्तिक मसान्तसम्ममा तुइन खोलाको काम सकिने बताउँछन् । यो सडकखण्डमा १९ वटा पुल छन् । विश्व बैंकको ऋण सहयोगमा ती पुल निर्माण गरिए...