Author: चितवन आवाज

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

समाचार
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ चार पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ । त्यस्तै, हवाइ इन्धननमा सात रूपैयाँ र खाना पकाउनले एलपिजी ग्यासमा ४९ रूपैयाँ घटाएर पठाएको छ । भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए। हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी प्रति सिलिण्डर १८ सय रुपैयाँ छ।...
दुर्घटना अपडेट: सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

दुर्घटना अपडेट: सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो

समाचार
सिन्धुली । सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल हुनुभएको थियो भने बाँकी तीन जना अझै बेपत्ता हुनुहुन्छ । बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सिटिइभिटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका ७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल रइलाम फुयतया नगरपालिका...
लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

लेखापरीक्षण प्रतिवेदन सार्वजनिक

राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी गठनपछि आव २०७८/७९ को आम्दानी र खर्चको विवरण को सार्वजनिक भएको हो । पार्टीले गत असार मसान्तसम्मको आम्दानी र खर्चको विवरण लेखापरीक्षण गरी सार्वजनिकीकरण गरेको हो । सो आवमा पार्टीको कूल आम्दानी सात करोड १५ लाख ९० हजार तीन सय ७७ र कूल खर्च ६ करोड पाँच लाख २९ हजार पाँच सय २९ रहेको छ । यस्तै, एक करोड १० लाख ६० हजार आठ सय ४८ बचत रहेको पार्टीका पोलिटब्यूरो सदस्य तथा आर्थिक विभागका प्रमुख सोमप्रसाद पाण्डेले बताउनुभयो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को व्ययवस्थाबमोजिम पार्टीले डी डी अधिकारी एन्ड एसोसिएटमार्फत लेखापरीक्षण गरी निर्वाचन आयोगमा बुझाएको हिसाबलाई सार्वजनिक गरिएको पार्टीको लेखाप्रमुख खेमराज पौडेलले जानकारी दिनुभयो ।...
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

समाचार
डुम्रे । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक÷भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो । विसं २०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो । ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले जानकारी दिनुभयो । निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको उहाँले बताउनुभयो । “निर्माणको समय सकिएपछि छ महिनाका लागि म्याद थप गरिएको छ, तर ठेकेदार हालसम्म सम्पर्कमा नै आएका छैनन, म्याद थप गरिएको पनि दुई महिना बितिसकेक...
शंकर कँडेल मृत्यु प्रकरणः जीवन रावल थुनामा

शंकर कँडेल मृत्यु प्रकरणः जीवन रावल थुनामा

चितवन बिशेष, प्रमुख समाचार, समाचार
चितवन । पोल्ट्री व्यवसायी तथा नेपाली कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्ष शंकर कँडेलको आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका जीवन रावललाई बिहीबार चितवन जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । कँडेल मृत्यु सम्बन्धमा परिवारले रावलका साथै व्यवसायी प्रदीप रूगटाविरूद्ध पनि आत्महत्या दुरूत्साहन मुद्दामा उजुरी दिएको थियो । रूगटा अझसम्म पक्राउ परेका छैनन् । चितवन जिल्ला अदालतका न्यायाधीश मातृका आचार्यले आदेश गरेलगत्तै रावल भरतपुर कारागार चलान भएको अदालतका शाखा अधिकृत टीकाराम पुनले बताए । पक्राउ पर्न नसकेर फरार रहेका रूगटा अदालतमा उपस्थित भएका बखत बयान लिएर उनका लागि पनि बहस र थुनछेक आदेश हुने छ । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत फरार व्यक्तिलाई अदालतमा हाजिर गराउने शाखा अधिकृत पुनले बताए । थुनामा रहने आदेश भएपछि मुद्दा फैसला नहुँदासम्म कारागारमै बस्नु पर्ने छ । आद...
घरभाडा घटाउन चितवनका व्यवसायीको चेतावनी

घरभाडा घटाउन चितवनका व्यवसायीको चेतावनी

चितवन बिशेष, समाचार
चितवन । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरुसंग बृहत छलफल गरेको छ । मञ्चका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा बसेको विशेष बैठकमा विभिन्न १७ वटा व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बैठकमा उपस्थित प्रतिनिधिहरुबाट हालको अवस्थामा देखिएका व्यवसाय सम्बन्धि समस्याहरुलाई उजागर गर्दै यस विषम परिस्थितिमा व्यवसायीहरुलाई टिकाउन र घरधनीका घरहरु खाली नहुनका लागि घरधनी लगायत सम्बन्धित संघसंस्थाहरुको बिशेष पहल रहनुपर्ने सरोकारवालाले बताए । मञ्चका अध्यक्ष पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, बिज्ञप्ति र ज्ञापन पत्र मार्फत सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गरिएको तर उचित निकास नआएकोले तार्किक निस्कर्समा पुग्न सम्पूर्ण व्यवसायी संघहरुको ध...
जासुसी उपग्रह प्रक्षेपणको निन्दा

जासुसी उपग्रह प्रक्षेपणको निन्दा

अन्तराष्ट्रिय, समाचार
टोकियो  । प्रजातान्त्रिक जन गणतन्त्र कोरिया (डिपीआरके) ले आज गरेको जासुसी उपग्रह प्रक्षेपणको जापान, दक्षिण कोरिया र अमेरिकाले निन्दा गरेका छन् । यद्यपि प्योङ्याङको परीक्षण दुर्घटनाका कारण असफल भएको छ । जापानले उत्तर कोरियाको उपग्रह प्रक्षेपणको असफल प्रयासबाट संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूको गम्भीर उल्लङ्न भएको उल्लेख गर्दै त्यसको निन्दा गरेको छ । “उत्तर कोरियाको उक्त कदमको जापान विरोध र निन्दा गर्दछ,” जापान सरकारका प्रवक्ता हिरोकाजु मात्सुनोले भनेका छन् ।  उत्तरकोरियाली अधिकारीहरूका अनुसार प्योङयाङले टोकियोलाई प्रक्षेपणका सम्बन्धमा जानकारी दिएको थियो । जापानका रक्षामन्त्री यासुकाजु हामादाले पत्रकारहरूमाझ भनेका छन्, “हामी यस प्रकारको प्रक्षेपणलाई सहन सक्दैनौँ, चाहे त्यो उपग्रह होस् वा अन्य कुनै चिज, यसले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई उल्लङ्घन गरेको छ ।...
नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट

नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट

आर्थिक, समाचार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आज दुई सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार एक सय २८ कित्ता शेयर ३६ हजार आठ सय ९३ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३१ करोड ५१ लाख ६९ हजार पाँच सय ७१ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचकहरु रातो देखिएका छन् । सेन्सेटिभ सूचक सात दशमलव २८, फ्लोट सूचक दुई दशमलव ५९ र सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव २० अङ्कले घटेको छ । सबै समूहका उपसूचक पनि घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक दुई सय २८ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ३४ अङ्कले घटेको छ । बैंकिङ समूह १८ दशमलव ६७,...
गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर

गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर

समाचार
 पोखरा  । गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्यागोडा शैलीमा निर्मित मन्दिर ४६ फिट अग्लो र पशुपतिनाथकै स्वरुपमा चारतर्फ नै ढोका राखिएको छ । यो कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर रहेको दाबी गरिएको छ । मन्दिरभित्र गणेश, सूर्य, देवी, शिव, विष्णुका मूर्तिका साथै रामसीता, राधाकृष्ण भगवानका मूर्ति स्थापना गरिएको छ । मन्दिरलाई पोखराको विशष्टि धार्मिक गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ दर्शनार्थीले सेती नदीको जलले स्नान गर्नसक्ने गरी १०८ धारा, यज्ञकुण्ड आदि स...
भारत जानुअघि प्रचण्डको संकल्प : नराम्रो गरेर नआउने

भारत जानुअघि प्रचण्डको संकल्प : नराम्रो गरेर नआउने

Banner 1, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताएका छन् । नभए नराम्रो चाहिँ नगर्ने उनले बताए । माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जान लागेको बताए । ठूलो बजारको सुनिश्चितता नहुँदा नेपालको विद्युतमा ठूलो लगानी आउन नसकेको भन्दै उनले बजार सुनिश्चित गर्ने सम्भावना रहेको बताए । बंगलादेशसम्म नेपालको विद्युत व्यापारको बाटो खोल्न सके भविश्यसम्म सम्झने काम हुने उनको भनाइ छ । उनले अघि भने, ‘पञ्चेश्वर २६ वर्षदेखि रोकिएर बसेको छ । त्यसलाई मात्र ठिक ढंगले खुलाउन सक्ने हो भने राम्रो गर्छ ।’ ट्रेड एण्ड ट्रान्जिट सन्धिलाई टुंगोमा पु¥याउने, सीमा विवादको समाधान खोज्ने लगायतका एजेण्डा पनि र...