Author: चितवन आवाज

रुकुम पश्चिममा १३ वर्षीय छात्रा मृत फेला, विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

रुकुम पश्चिममा १३ वर्षीय छात्रा मृत फेला, विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

समाचार
दाङ, भाद्र २५ । रुकुम पश्चिमको चौजहारी नगरपालिका–१ स्थित भ्याली पब्लिक स्कुलमा पढ्ने १३ वर्षीय छात्रा मृत फेला परेपछि प्रहरीले स्कुलकी प्रिन्सिपल र सञ्चालकलाई पक्राउ गरेको छ । आत्महत्या दुरुत्साहनको मुद्धा परेपछि स्कुलकी प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो। स्कुलमा कक्षा ८ मा अध्ययनरत सृष्टि गौतमले शुक्रबार घर पुगी विद्यालय पोशाकमै झुन्डिएर आत्महत्या गरेकी थिइन्। घटनापछि छात्राका अभिभावकले प्रहरीमा गई बोर्डिङ स्कुलका प्रिन्सिपल भाट र सञ्चालक भण्डारीविरूद्ध आत्महत्या दुरूत्साहनको जाहरी दिएका थिए। सोही जाहेरीका आधारमा बोर्डिङ स्कुलकी सञ्चालक र प्रिन्सिपललाई पक्राउ गर्नु परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको खड्काले जानकारी दिए । पीडित पक्षकाअनुसार शुक्रबार छात्रा गौत...
प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दैनन् चितवनका पालिका

प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्दैनन् चितवनका पालिका

चितवन बिशेष, समाचार
भरतपुर,भाद्र २५ । चितवनका सात पालिकाहरुले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गर्ने प्रणाली अपनाएका छैनन् । अधिकार प्राप्त हुँदाहुँदै पनि पालिकाहरुले विविध कारणले यो विधि अपनाउन नसकेका हुन् । देशभरका विभिन्न पालिकाहरुले शैक्षिक गुणस्तरमा सुधार ल्याउन ‘टीके प्रवृत्ति’बाट प्रधानाध्यापक छनोट गर्ने विधि छोड्दै गइरहेका छन् । काठमाडौँ महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न सुरू गरेको छ । अन्य पालिकाहरुले पनि यो विधि अपनाउन थालेका छन्, तर चितवनका पालिकाहरु यस विषयमा मौनजस्तै बसेका छन् । ‘विभिन्न दलले आफ्नो पहुँचको आधारमा प्रधानाध्यापक छनोट गर्ने परिपाटीलाई अन्त्य गर्नुपर्छ, खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न सके सामुदायिक विद्यालयमा अवश्य गुणस्तर बढ्छ’, चितवनका पूर्वजिल्ला शिक्षा अधिकारी श्यामजी अतिथिले भने । उनले पालिकाभित्रबाट योग्यत...
शंकर कँडेल आत्महत्या प्रकरण : अस्पतालबाट डिस्चार्ज भएको केही समयमै थुनामुक्त रुङ्टा

शंकर कँडेल आत्महत्या प्रकरण : अस्पतालबाट डिस्चार्ज भएको केही समयमै थुनामुक्त रुङ्टा

चितवन बिशेष, समाचार
भरतपुर, भाद्र २५ । व्यवसायी प्रदीप रुङ्टा थुनामुक्त भएका छन् । उच्च अदालत हेटौँडाको भदौ २१ गतेको आदेश बमोजिम ५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर उनी आइतबार थुनामुक्त भएका हुन् । धरौटी बुझाइ उनी तारेखमा रिहा भएको अदालतका श्रेष्तेदार विष्णु आचार्यले बताए । गत २१ गते नै छुट्ने आदेश भएपनि २२ र २३ गते सार्वजनिक बिदा परेको र २१ गते पनि साँझ ७ बजे अबेर आदेश भएकाले उनी आइतबार छुटेका छन् । साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलास आदेशले रुङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने भनिएको थियो । आदेश भएको दिनदेखि उनी अस्पतालमा थिए । सुरूमा भरतपुर सरकारी अस्पतालमा भर्ना भएका उनी एक हप्तापछि चितवन मेडिकल कलेजमा उपचारका लागि बसेका थिए । तर अदालतमा धरौटी वुझाएसँगै उनी अस्तपालबाट पनि डिस्चार्ज भएका छन् । अदालतले माग गरेको धरौटी आइतबार बुझाएपछि उनी थुनामुक्त भएको जिल्ला काराग...
श्रीलंकाबाट फर्किएर रवि भने- रंगशाला बनाउनै नसकिने होइन

श्रीलंकाबाट फर्किएर रवि भने- रंगशाला बनाउनै नसकिने होइन

Banner 1, समाचार
काठमाडौँ, २० भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीलंकाबाट फर्किएका छन् । एसिया कपको नेपाल(भारत म्याच हेर्न र खेलाडीहरूको मनोबल बढाउन श्रीलंका पुगेका रवि आज नेपाल फर्किएका हुन् । श्रीलंकाबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरूको मनोबल बढाउनको लागि नीतिगत रूपमा आफ्नो ठाउँबाट सहयोग गर्ने बताएका छन् । उनले भने, ‘क्रिकेट रंगशाला बनाउनै नसकिने हुनै नसक्ने कुरा होइन । तर, सरकार र सरकारवालाहरू त्यतिखेर मात्रै जाग्छन् जब खेलाडीहरूले राम्रो नतिजा ल्याउँछन् । हामी हाम्रो परिधिभित्रबाट यसको विकासको लागि नीति निर्माणको तहमा छौं । हाम्रो तर्फबाट साथ छ । हामीले संसदमा पनि यो कुरा राख्छौं ।’...
चितवन सहित देशका ३३ ठाउँमा रहेको ५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकसाथ सञ्चालनमा (सूची)

चितवन सहित देशका ३३ ठाउँमा रहेको ५१ वटा विद्युतीय चार्जिङ स्टेसन एकसाथ सञ्चालनमा (सूची)

Banner 1, चितवन बिशेष, समाचार
चितवन, २० भाद्र । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रूपमा काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन् । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना अन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठुला सहरहरूमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठुला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा साना ठुला कारहरू चार्ज गर्न ...
तीन नेपाली चलचित्र बुसानमा

तीन नेपाली चलचित्र बुसानमा

मनोरञ्जन, समाचार
काठमाडौँ, २० भाद्र । पछिल्लो समय नेपाली चलचित्र विश्वका प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथालाई छनोट गरिने ती महोत्सवमार्फत नेपाली चलचित्र निर्माणमासमेत बजेट सहयोग भएको छ । टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको चलचित्र ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा समेत छनोट भएको छ । ‘विन्डो अन एसियन सिनेमा’ अन्तर्गत छनोट भएको चलचित्रलाई नवीन सुब्बाले निर्देशन गर्नुभएको छ । उहाँले भन्नुभयो,“यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।” राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम...
बागमतीे प्रदेशसभा बैठक पुनः स्थगन

बागमतीे प्रदेशसभा बैठक पुनः स्थगन

समाचार
मनहरि, २० भाद्र । आजको लागि तय गरिएको बागमतीे प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । दिउँसो १ बजेका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिनुभयो । यसअघि गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेसँगै अनिश्चितकालका लागि स्थगित भएको बैठक दुई महिनापछि बस्ने तय गरिएको थियो ।...
विश्वकप एसिया छनोट  नेपाल र युएईबीचको खेल रद्द

विश्वकप एसिया छनोट नेपाल र युएईबीचको खेल रद्द

Banner 1, प्रमुख समाचार, समाचार
काठमाडौँ, २० भाद्र । मलेसियामा जारी आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल टुङ्गाए । यससँगै युएई समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो । दुवै टोलीले समान पाँच खेलमा ९ अङ्क जोड्दै नेटरनरेटकका आधरमा विजेता र उपविजेता टोलीको रुपमा सेमिफाइनलमा पुगेका हुन । नेपालले अब समूह ‘बी’ को विजेतासँग यही भदौ २२ गते सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके सन् २०२४ मा हुने ग्लोबल टि२० विश्वकप छनोट खेल्न पाउनेछ । त्यसैगरी समूह ‘बी’ मा हङकङ तीन खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । थाईल्याान्ड पनि समान तीन खेल...
जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

समाचार
काठमाडौँ, २० भाद्र । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ । संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले सभामुख देवराज घिमिरेलाई मङ्गलबार ध्यानाकर्षणपत्र बुझाउँदै जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहयोग प्राप्त गर्दा ऋण नभइ अनुदान लिनुपर्ने आग्रह गरेको हो । टोलीले जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्नेलगायत कार्यमा संसद्को भूमिका निर्वाह गर्न आग्रह गरेको छ । जलवायु परिवर्तनको क्षेत्रमा नेपाल सरकारले अन्तर्राष्ट्रिय पहलमा सक्रियतापूर्वक काम गर्दै दीर्घकालीन रणनीति निर्माण गरी सन् २०४५ सम्ममा दिगो रुपमा कार्बन उत्सर्जन घटाउने र खुद शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । ...
पर्वहरू सामाजिक तथा सांस्कृतिक सम्बन्धका धरोहर हुन्  सभापति देउवा

पर्वहरू सामाजिक तथा सांस्कृतिक सम्बन्धका धरोहर हुन्  सभापति देउवा

प्रमुख समाचार, समाचार
काठमाडौँ, २० भाद्र । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर भएको उल्लेख गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ । यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको उहाँले बताउनुभएको छ । नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो । विभिन्न पर्वमध्ये श्रीकृष्ण जन्माष्टमी पनि हाम्रो एक महत्वपूर्ण पर्व हो । यस दिन भगवान श्रीकृष्णको पूजाअर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउँछौँ । सभापति देउवाले भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको अवसरमा स्वदेश तथ...